back
CTIZAN AD

कविता : फरक बाटो

वि.सं.२०८० भदौ ३० शनिवार

1.3K 

shares

बिष्णु थापा बिछोड
गागलफेदी, काठमाडौ

देश बदल्छु भन्ने योद्धा साथी –
सपनाहरू ह्वारह्वार्ती बाँडेर
बाहिरबाट आदर्शवान,साहसी र
बौद्धिक पन देखाए पनि
बाहिरी आडम्बरबाट आफुलाई उच्च
देखाउन हर सम्भव प्रयास गरे पनि
अचेल तिम्रै व्यवहारले तिम्रो देशभक्ती
उदाङ्गिदै छ

छेपारे तिम्रो प्रवृतिले जति छ्लछाम गरे पनि
जति नै भ्रम छरे पनि आशाको
तिम्रो महान क्रान्तिको गन्थ डुङ्डुङ्ती गन्हाउँदै
तिम्रो असली रुप बाहिर आए पछि
तिमि भित्रको खोक्रो आडम्बर नाङ्गिएको छ

यतिबेला –
तिम्रो र हाम्रो संसार अलग छ
बिचार र कर्म अलग छ
तिमि रंगिन दुँनियाको पर्दाभित्रै
आदर्शको पाठ रटेर
भ्रष्टाचारले लिप्त हुँदै
आफ्नो सुखसयल रोज्छौ
आलिशान महलमा बसेर
हाम्रा विरुद्ध योजना बनाउँछौ

तिमिले बाटो बिराए पछि क्रान्तिको
म –
दुःख र संघर्षमा रुमल्लिएकालाई
‘अदम्य साहस राख्नु भन्छु’
अन्याय विरुद्ध आवाज उठाउनु भन्छु
मुक्तिको बाटो अत्यन्तै अफ्ट्यारो र
कष्टले भरिएको हुन्छ
तर हामिलाई बिश्वास छ–
शान्ति र समृद्धिको उज्यालो एकदिन
हाम्रो वस्तीसम्म आइपुग्ने छ

हामी जिवन बदल्न चाहान्छौ,
दास र रैती बाट उन्मुक्ति हुन चाहान्छौ भने
आऊ मेरा निमुखा र शोषित दाजुभाइ
हाम्रा हात र दिमाग अझै बाँधिएका छैनन्

स्वयं आफ्ना आदर्शहरुको हत्या गरेर
क्रूर बनेका बिरुद्ध हाम्रो लडाइँ जारी राखौँ
यो बेथिति, अन्याय र अत्याचार विरुद्ध
हाम्रो आवाज बुलन्द पारौ ।

वि.सं.२०८० भदौ ३० शनिवार ०७:४१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...