back
CTIZAN AD

गजल

वि.सं.२०८० भदौ ३० शनिवार

1.1K 

shares

खिम पुन, ढोरपाटन ३ बागलुङ, हाल– कतार

निक्कै दियो समयले धोका दिने उपाय
सिक्दै गरोस् कसैले अब जोगिने उपाय

बेहोशीले अचानक अर्को बेहोशी भेट्यो
बेहोशीमै सिकायो सम्हालिने उपाय

त्यो खण्डहरको रमिता सबले हेरेर जान्छन्
दिन्नन् यहाँ कसैले मन भत्किने उपाय

वनमारा फैलिँदैछ त्यो चौरमा असाध्यै
पक्कै दियो दुबोले, झन् फैलिने उपाय

मन हो दियो त सकियो खुद होसियारी गर्नू
भन्दैन भोलि कोही, फिर्ता लिने उपाय

अर्कान : २२१–२१२२–२२१–२१२२
बहर : मुजारे मुसम्मन अखरब

वि.सं.२०८० भदौ ३० शनिवार ०७:४० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...