back
CTIZAN AD

देश छोड्ने आदेश नमानेपछि फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो !

वि.सं.२०८० भदौ ३० शनिवार

765 

shares

पेरिस ।नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका छन् ।

गत जुलाई २६ मा जननिर्वाचित राष्ट्रपति मोहम्मद बजौमलाई अपदस्थ गरी देशको सेनाले नाइजरको सत्ता आफ्नो हातमा लिएपछि त्यसलाई फ्रान्सले अस्वीकार गर्दै राष्ट्रपतिलाई निःशर्त हिरासतमुक्त गरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिँदै आएको छ । विद्रोही नयाँ सैन्य नेतृत्वसँगको मतभेदका कारण राजदूतासहित कूटनीतिक कर्मचारी बन्धक बनेका हुन् ।

फ्रान्सेली राष्ट्रपतिले राजदूत, सिल्भेन इट्टलाई बाहिर निस्कन नदिइएको तथा खाद्यान्न आपूर्ति पनि रोकिएकाले उनीसहित सबै कूटनीतिक कर्मचारीले सैनिक रासन खाइरहेका बताएका छन् ।

सैन्य विद्रोहबाट सत्ता कब्जा गरेपछि नयाँ सरकारले राजदूत इट्टलाई देश छाड्न आदेश दिएको थियो । राजदूत इट्टले सैन्य सरकारको आदेश अस्वीकार गरेपछि उनको प्रवेशाज्ञा (भिसा) खारेज गर्दै उनलाई निष्काशन गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

नाइजरको शान्ति–सुरक्षा तथा विकासमा सघाउन परिचालन भएका फ्रान्सेली सैनिकलाई फिर्ता गर्न सैनिक सरकारले सत्ता कब्जा गरेको दिनदेखि नै गर्दै आएको छ । फ्रान्सले भने राष्ट्रपति मोहम्मद बाजुम नेतृत्वको सरकासँगको सम्बन्ध एवं वैधताअनुसार व्यवहार गर्ने दोहो¥याउँदै आएको छ ।

राजदूतलाई उद्धार गर्ने सम्बन्धमा सोधिएको जिज्ञासाको जवाफ पनि राष्ट्रपति म्याक्रोँले राष्ट्रपति बाजुमसँगको सहमतिअनुसार गर्ने बताउँदै उनीसँग आफू निरन्तर सम्पर्कमा रहेको बताए । नाइजरको वैधानिक शासक राष्ट्रपति बाजुम भएको दोहो¥याउँदै उहाँले सैन्य शासकलाई फ्रान्सले अनुमोदन नगरेको स्पष्ट गरे ।

फ्रान्सेली विदेश मन्त्री क्याथरिन कोलोनाले नियामेस्थित दूतावासमा सानो टोलीका साथ राजदूत इट्टेले काम गरिरहेका बताउँदै जति दिन उनी त्यहाँ रहन चाहन्छन् त्यो निजमा नै निर्भर हुने जनाएकी छन् । यद्यपि उनले राजदूतलाई फिर्ता बोलाउने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुने पनि बताइन् ।

फ्रान्सले नाइजरबाट आफ्ना सेनालाई फर्काउनेबारेमा पनि सैनिक अधिकारीहरूसँग छलफल गरिरहेको बताइएको छ । सैनिक विद्रोहपछि नाइजरका नागरिकमा फ्रान्स विरोधी भावना पनि बढेकाले चाँडै नै पेरिसले सेना फर्काउनसक्ने अफ्रिकी मुलुकमा सेवा गरेका एक जना पूर्व फ्रान्सेली राजदूतले बताएका छन् ।

आफ्ना एक जना छोरा र श्रीमतीका साथ सैनिक हिरासतामा रहेका राष्ट्रपति बाजुमलाई सेनाले अमानवीय व्यवहार गरेको, आधारभूत आवश्यकताबाट वञ्चित गरेको उनको पार्टीले बताएको छ । हिरासतमा कष्टकर जीवन बिताइरहेका उनले कठोर सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई जोगाउन स्वतन्त्रताका पक्षधर सबै नाइजरवासीलाई आह्वान गरेका छन् । (रासस\एएनआई)

वि.सं.२०८० भदौ ३० शनिवार १९:५२ मा प्रकाशित

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...