काठमाडौं । नोबेल साकोस साहित्य संस्थाद्वारा काठमाडौको पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजित ९६ औं शृङ्खलामा संस्थाका आजीवन सदस्य राजेन्द्रकुमार बज्राचार्यद्वारा लिखित १० वटा छन्दबद्द कृतिहरु एकैपटक लोकार्पण गरिएको छ ।
त्रिभुवन बिश्वबिद्यालय पद्मकन्या कलेजका उपप्राध्यापक ज्ञाननिश्ठ ज्ञवालीले लोकार्पण भएका कृतिको समीक्षा गरेका थिए । समारोहमा प्रमुख अतिथि डा. राम प्रसाद ज्ञवालीले तत्कालीन नेपाली साहित्यको अवस्था र नयाँ पुस्ताको सिर्जनात्मक अवसरलाई साकोसले मन्च उपलब्ध गराएकोमा हार्दिक धन्यवाद दिदै खुशी व्यक्त गरे ।
संस्थाका अध्यक्ष सरस्वती गौतमको सभापतित्वमा सम्पन्न उक्त ऐतिहासिक कार्यक्रमका प्रमुख अतिथि डा. ज्ञवाली र अतिथिहरुमा जेष्ठ नागरिक पुष्प लुइँटेल, डा.वासुदेव काफ्ले, डा.यज्ञश्वर निरौला, डा.विश्वमोहन आचार्य, डा.गोबिन्दमान सिंह कार्की, डा.मेघराज ढकाल, छन्दज्ञाता चन्द्र प्रसाद न्यौपाने, वेदज्ञाता तिलक लुइँटेल, अग्रज साहित्यकार मन्जुश्री प्रधान, रत्ननिधि रेग्मी, शिव त्रिपाठी, पूर्व रथि अर्जुन श्रेष्ठ, सम्पादक मदन नेपाल, मुक्तका अभियन्ता सुनिल अधिकारी थिए ।
संस्थाका संरक्षक डा.दामोदर पुडासैनी किशोर, गुरु पुष्प रन्जितको उपस्थिती रहेको उक्त कार्यक्रम संस्थाका संस्थापक राजन न्यौपानेले संचालन गरेका थिए भने संस्थाका महासचिव सुशीला ढकाल अधिकारीले अतिथिहरु लगायत उपस्थित सबै पहुनाहरुलाई स्वागत गरेकी थिइन् ।
वि.सं.२०८० असोज ८ सोमवार १४:३२ मा प्रकाशित






























