back
CTIZAN AD

हाजिरी जवाफ प्रतियोगिता गर्दै नेपाल मर्चेन्ट बैंकर्स संघ

वि.सं.२०८० असोज ८ सोमवार

1.5K 

shares

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसर पारेर मर्चेन्ट बैंकरहरुको छाता संगठन मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको हो ।

असोज १८, १९ र २० गतेका दिन विभिन्न विश्वविद्यालय अन्तर्गत काठमाडौं उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजका विद्यार्थीहरुका बीचमा पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता गरिने संघले जनाएको छ ।

संघका अनुसार उक्त हाजिरी जवाफ प्रतियोगिताका लागि प्रतियोगी विद्यार्थी स्नातक तहमा अध्ययनरत रहेको हुनुपर्ने र कुनै पनि कलेजले प्रत्येक संकायबाट स्नातक तहमा अध्ययनरत २ जना विद्यार्थी संलग्न गरी एक एक टोली छनोट गर्नुपर्ने र प्रत्येक टोलीको लागि प्रवेश शुल्क बापत १० हजार निर्धारण गरिएको छ ।

प्रतियोगितामा विजेता हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले जनाएको छ । जस अनुसार प्रथम हुने टोलीको लागि १ लाख, दोस्रो हुने टोलीको लागि ५० हजार तृतिय हुनेको लागि २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा भाग लिनको लागि यहि असोज १२ गते भित्र संघमा वा संघको इमेल ठेगाना info@mban.com.np मा प्रतियोगी टोलीको नामावली पठाउनु पर्ने संघले जनाएको छ । संघले स्नातक तह सञ्चालन गरिरहेको काठमाडौं उपत्यकास्थित सम्पूर्ण कलेजहरुलाई प्रतियोगितामा भाग लिन आह्वान गरेको छ । विस्तृत जानकारीको लागि ९८६०१०३२१५ मा सम्पर्क गर्न संघले आग्रह गरेको छ ।

वि.सं.२०८० असोज ८ सोमवार १५:३७ मा प्रकाशित

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...