back
CTIZAN AD

स्वास्थ्यकर्मीमाथि आक्रमणको सिलसिला : अब सबै अस्पतालमा दण्ड सजायबारे सूचना राखिने

वि.सं.२०८० असोज १० बुधवार

1K 

shares

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी सबै अस्पतालमा दण्ड सजाय सम्बन्धी सूचना राख्ने भएको छ ।

पोखराको मणिपाल अस्पताल लगायत देशका बिभिन्न अस्पतालमा उपचाररत विरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि गरेको आक्रमणविरुद्धमा देशभरीका डाक्टरहरु आन्दोलित भइरहेका बेला बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुबीच भएको छलफलपछि उक्त निर्णय गरिएको हो ।

‘देशका सबै स्वास्थ्य संस्थाहरुमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित)’ ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धीत व्यवस्थाहरु उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकहरुले सहजै देख्ने गरी राख्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि भएका दुव्र्यवहारका घटनाहरुमा संलग्न देखिएका दोर्षिहरुलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित)’ बमोजिक कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने समेत उक्त विज्ञप्तिमा उल्लेख छ ।

 

वि.सं.२०८० असोज १० बुधवार १७:०१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...