back
CTIZAN AD

नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत

वि.सं.२०८० असोज १० बुधवार

1.5K 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ । आज बुधबार कम्पनीको ३ करोड ७५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

आज बुधबार शेयर सुचिकृत भएसंगै असोज १४ गते आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १७२.४३ रुपैयाँ देखि ५१७.२९ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको सीएलआई सिम्बलबाट कारोबार हुने छ ।

वि.सं.२०८० असोज १० बुधवार १६:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...