back
CTIZAN AD

कांग्रेस संखुवासभाका जिल्ला सभापति खड्काले दिए राजीनामा

वि.सं.२०८० असोज १० बुधवार

1.8K 

shares

काठमाडौं । नेपाली कांग्रेस संखुवासभा जिल्ला सभापति दीपक कुमार खड्काले जिल्ला सभापति पदबाट राजीनामा दिएका छन् ।

कांग्रेस चौथो महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित तथा संखुवासभाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका खड्काले जिल्ला सभापति रहेर पार्टीको काम गर्ने समय नभएको भन्दै राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका हुन् ।

‘वर्तमान पार्टी संगठनलाई थप सुदृढ गर्नुपर्ने चुनौती विद्यमान राजनीतिक परिदृश्यमा हामाी सबैले अनुभुति गरेको विषय हो । तर्सथ पार्टी संगठनलाई थप सृदृढ गर्न सके हालको उपलब्धिलाई संस्थागत गर्दै नेता कार्यकर्ताको उपलब्धिलाई समेत संरक्षण गर्न सकिन्छ,’ खड्काले भनेका छन्, ‘त्यसका लागि दुरदराजका ग्रामीण इलाकाहरुसम्म नेपाली कांग्रेसको चारतारे झण्डा फहराउँदै संगठन विस्तार एवं जनचाहना अनुरुपका कामहरु गर्नुपर्ने हुन्छ । तर, म हाल प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधि सभाको गतिििवधिमा संलग्न रहनु पर्ने भएका कारण काठमाडौंमै विताउनुपर्ने अवस्था छ । त्यसकारण जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन सकिरहेको छैन भन्ने मलाई अनुभूति भएको छ ।’

खड्काले पाटी संगठन सुदृढ गर्न सहजहोस भन्ने असल चाहनाले जिल्ला सभापतिको पदबाट राजीनामा दिएको बताउँदै आफ्नो राजीनामा स्विकृत गरेर विधान बमोजिम जिल्लाका अन्य नेताहरुबाट सभापति चयन गरी पार्टी सुदृढिकरणमा परिचालन गर्न÷गराउन समेत अनुरोध गरेका छन् ।

 

वि.सं.२०८० असोज १० बुधवार १६:३८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...