back
CTIZAN AD

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप सार्वजनिक

वि.सं.२०८० असोज १० बुधवार

1.2K 

shares

काठमाडौँ । आइसिटी अवार्ड २०२३को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ सार्वजनिक भएका छन् । अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इनोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू सार्वजनिक भएका हुन् ।

आयोजकका अनुसार विधा ए अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिंग स्टार इनोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ । उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज प्रालि, भोजमाण्डु फुड प्रालि , दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, लेन्समी अप प्रालि, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्रालि, क्विकफक्स कन्सल्टिङ प्रालि, रासन टेक्नोलोजिज प्रालि, स्टेलर कम्प्युटर सिस्टम प्रालि, टास्क सेवा प्रालि, अपटाउन प्रालि र यार्सा टेक प्रालि रहेका छन् ।

यस्तै उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्यांकसर, ब्लक चेन नेटवर्क फर ई-गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्रीह्विलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्नसाथी, लोचन, ओम्निकल, प्रष्ट नेपाली, स्पिड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर रहेका छन् ।

त्यसै गरी उत्कृष्ट १४ प्रडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डिजिबज, ईमेडिवेयर, फास्ट बैङ्किङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी-वान रहेका छन् ।

उत्कृष्ट १२ ले छनौट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन् र स्पिड डेटिङ सेसनमा सहभागी हुनेछन् । उक्त सेसनहरूबाट उत्कृष्ट ५ को छनौट भएर पब्लिक भोटिङ सञ्चालन हुनेछ । सर्वोत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत हुने आयोजकले जनाएको छ ।

यसै गरी व्यक्तिगत अवार्ड विधाहरू९बि०मा योनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् । विधा सी अन्तर्गत डिजिटल एजुकेसन आइसिटी अवार्ड ९पब्लिक सेक्टर०, डिजिटल एजुकेसन आइसिटी अवार्ड ९प्राइभेट सेक्टर०, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।

दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२३ पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ । यी सबै विधाहरुमा छनौट प्रक्रिया संचालनमा रहेको छ । छनौट प्रक्रियाको लागि नेपालबाट १४ र अन्य देशका ४ जना जुरी सदस्य रहेका छन् भने १५ जनाको विशिष्ट सल्लाहकार समिति गठन भएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । आइसिटी अवार्डको प्रि-इभेन्टको रूपमा काठमाडौँको बानेश्वर बैंक्वयटमा असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुँदैछ ।

यसै गरी स्टार्टअप, आइडिया र इन्नोभेसनको पिचिङसहित छनौट प्रक्रियालाई कान्तिपुर टेलिभिजनमार्फत पनि विशेष एपिसोड प्रसारण गरिने आयोजकले जनाएको छ ।

आइसिटी अवार्डको छनौट प्रक्रिया नेपालमा हुने अवार्डहरूमध्ये सबैभन्दा वृहत्, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ । अवार्डको छनौट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन् । विस्तृत जानकारीको लागि वेबसाइट धधध।ष्अतबधबचम।यचन हेर्न सकिने आयोजकले जनाएको छ ।

वि.सं.२०८० असोज १० बुधवार १६:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...