back
CTIZAN AD

उद्योग सञ्चालनका लागि अब विधुतको समस्या हुँदैन : मन्त्री बस्नेत

वि.सं.२०८० असोज १० बुधवार

1.2K 

shares

राँझा(बाँके) । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विधुतको समस्या नहुने बताएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उनले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर-नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताएका हुन् ।

“यहाँको विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज-कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आजबाट सुरू हुँदैछ”, मन्त्री बस्नेतले भने, “आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुनेछ ।” आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने उनले विश्वास व्यक्त गरे ।

नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् । उद्योगीमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरू हुन लागेको मन्त्री बस्नेतले उल्लेख गरे ।

सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगञ्जको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिए । उनले आयोजना सुरु हुने तर वर्षौसम्म अलपत्र पारेर समस्या समाधानमा अवरोध हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

अध्यक्ष धामीले पछिल्लो समय बाँकेमा उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युत्लगायतका पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेकाले स्थानीय उद्योगी व्यवसायी समस्यामा परेको उल्लेख गरे । अध्यक्ष धामीले नेपालगञ्जका उद्योगी व्यवसायीका समस्या सम्बोधन गरिदिन सङ्घका तर्फबाट मन्त्री बस्नेतलाई ज्ञापनपत्र समेत बुझाए ।

वि.सं.२०८० असोज १० बुधवार १५:४२ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...