back
CTIZAN AD

हमास आक्रमणमा गाजापट्टी क्षेत्रमा दुवै तर्फ तीन सय जनाको मृत्यु

वि.सं.२०८० असोज २१ आइतवार

1.2K 

shares

जेरुसेलम । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमण र घुसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो । यस अघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए ।

यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

“गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हमासले यसअघि गरेको रकेट आक्रमणको जवाफमा इजरायली हवाई आक्रमण गरिएको हो ।
एएफपी

वि.सं.२०८० असोज २१ आइतवार १०:१४ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीए

जनकपुरधा । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ...

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र...