back
CTIZAN AD

इजरायलमा १० नेपालीको ज्यान गएको घटनाप्रति एनआरएनएद्वारा दुःख व्यक्त

वि.सं.२०८० असोज २२ सोमवार

990 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एनआरएनए इजरायलसहित, नेपाली दूताबास, कूटनीतिक नियोगले पुष्टि गरेअनुसार किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । अन्य ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने एक जना बेपत्ता छन् । यस दुखद् घडीमा आक्रमणमा परी ज्यान गुमाएका नेपाली र नेपालस्थित उनीहरुका शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

इजरायलमा विकसित पछिल्लो संकटपूर्ण अवस्थामा फसेका नेपालीको उद्धार तथा सुरक्षाका लागि संघ प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयमार्फत संघले सहकार्यका लागि समन्वय भइरहेको समेत जनाएको छ ।

‘यसका साथै, इजरायलस्थित गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद्, दूतावास, कूटनीतिक नियोग र अन्य नेपाली संघसंस्थाहरुसँग समन्वय गरी त्यहाँस्थित संकटमा परेका नेपालीहरुको उद्धारका लागि प्रयास भइरहेको छ ।’

गैरआवासीय नेपाली संघ इजरायलस्थित सबै नेपालीलाई सतर्क, सुरक्षित र संयमित रहन अनुरोध समेत गरेको छ ।

नेपालको सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययतरत विद्यार्थीहरु गत भदौमा प्रयोगात्मक सिकाइ (इन्टर्नसीप) का लागि ‘अर्न एन्ड लर्न प्रोग्राम’का लागि सेदोत नेगेभमा पुगेका थिए ।

 

वि.सं.२०८० असोज २२ सोमवार १४:१४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...