back
CTIZAN AD

एउटै गाउँबाट झण्डै पाँच करोडको कृषिजन्य वस्तु निर्यात, सबै भन्दा बढी दूध बिक्री

वि.सं.२०८० असोज २२ सोमवार

837 

shares

वालिङ (स्याङ्जा) । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ ।

गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चार करोड ६९ लाख ५० हजार भित्रिने गरेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) का अध्यक्ष रुमलाल कँडेलले बताए ।

कालीगण्डकी नदीको किनारमा फैलिएको समथर र रातो माटो रहेको जिमुहा क्षेत्र आलु, धान, गहुँ तथा तरकारी बालीका लागि उर्वर भूमि पनि हो । आँधीखोला जलविद्युत आयोजनाअन्तर्गत् यहाँ सिंचाईको ब्यवस्था भएसँगै यो क्षेत्रले कृषिमा फड्को मारेको हो ।

आक्वामा हाल ५५८ किसान आवद्ध छन् । उनीहरु ब्यावसायिक वा घरायसी प्रयोजनका लागि भएपनि खेती किसानी गर्दै आएका छन् ।
जिमुहामा बीउ आलु तथा खानका लागि प्रयोग हुने आलु, मकैको बीउ, धानको बीउ, बोडी, करेला, काँक्रा, लौका, घिरैँला, बन्दा, काउलीलगायत मौसमी तथा बेमौसमी तरकारी र दूधको ब्यावसायिक उत्पादन हुने गरेको अध्यक्ष कँडेलले बताए ।

यहाँ करिव दुई सय हेक्टर जमिनमा जनकदेव, एमएस ४२, खुमल रातो, खुमल उज्जल जातका बीउ आलु उत्पादन हुने गरेको छ । यहाँ खानका लागि प्रयोग गरिने आलुमात्रै करिव तीन सय मेट्रिकटन उत्पादन हुने अध्यक्ष कडेलले बताए ।

त्यस्तै बीउका लागि प्रयोग गरिने आलु खेतीबाट करिव चार सय मेट्रिकटन, अरुण–दुई जातको मकैको बीउ करिव एकसय मेट्रिकटन, साबित्री, रामधान करिव एकसय ५० मेट्रिकटन, गौतम, स्वर्गद्वारी, एनएल ९७१ जातको प्रमाणित गहुँको बीउ दुई मेट्रिकटन, दूध दैनिक चार सय लिटर, बोडीलगायत मौसमी तथा बेमौसमी तरकारी बाली यहाँबाट अन्यत्र निकासी हुने गरेको उनकोे भनाइ थियो ।

वर्षेनी अनुमानित बीउ आलु बिक्रीबाट रु २१ लाख, खाने आलु बिक्रीबाट रु १२ लाख, मकैको बीउ बिक्रीबाट रु एक करोड २० लाख, धानको बीउ बिक्रीबाट रु एक करोड १२ लाख ५० हजार, दूध बिक्रीबाट वार्षिक रु एक करोड ४४ लाख र बोडी, काउली, काँक्रालगायत मौसमी तथा बेमौसमी तरकारी बिक्रीबाट रु ६० लाख गरी वार्षिकरुपमा अनुमानित चार करोड ६९ लाख ५० हजार गाउँमा भित्रिने गरेको अध्यक्ष कँडेलको जिकिर थियो ।

“आक्वा तथा जिमुहा शीत भण्डार सहकारी संस्थामा आवद्ध भएर यहाँका कृषकहरु ब्यावसायिकरुपमा अगाडि बढेका छन” उनले भने, “ब्यक्तिगत तथा सामूहिकरुपमा पनि यहाँ खेती गर्ने गरिएको छ ।”

उत्पादित बीउ तथा दूधको बजारीकरणका लागि समस्या नभए पनि कहिलेकाँही तरकारी बिक्रीका लागि भने समस्या हुने गरेको छ ।
कृषि कर्मलाई नै मुख्य आम्दानीको स्रोत देखेर काम गर्ने कृषकहरु धेरै भएको र घरायसी प्रयोजनकालागि मात्रै कृषि गर्नेहरु पनि यहाँ छन् ।

“ठूलो जमिनमा ब्यावसायिक उत्पादन गर्नेहरु अहिले सन्तुष्ट छन्, निरन्तर यही पेसामा रमाएका पनि छन्” अध्यक्ष कँडेलले भने, “सामान्य तरिकाले थोरै जमिनमा खेती गर्दा पनि यहाँ जीविकोपार्जनका लागि कुनै समस्या छैन, सहज छ ।”

गत वर्षदेखि गहुँको बीउ उत्पादन थोरै परिमाणमा थालिएकाले यसवर्षदेखि ठूलो परिमाणमा उत्पादन थाल्ने तयारी गरिएको छ । यहाँबाट उन्नत जातका गाईका बाच्छी उत्पादन गर्ने उद्देश्यसहित प्रजनन् केन्द्रको रुपमा गतिविधिहरु अगाडि बढाउने काम पनि सुरु भएको उनले बताए ।

 

वि.सं.२०८० असोज २२ सोमवार १३:४४ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...