back
CTIZAN AD

नेटा भी को एक्स्चेन्ज क्याम्प

वि.सं.२०८० असोज २५ बिहीवार

1.3K 

shares

काठमाडौं । सिजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि काठमाडौंको विशालनगर शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरेको छ ।

‘प्योर इभी’ प्लाटफर्ममा बनेको नेटा भीको ३८० किलो मिटरको रेन्ज रहेको तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको सिजीले जनाएको छ । सिजीले आसन्न चाड दशैंलाई लक्षित गरी एक्स्चेन्ज क्याम्पको आयोजना गरेको बताएको छ ।

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो सवारी साधनको राम्रो भ्यालुएसन दिइने, एक बर्षको बीमा दस्तुर तिरिदिने, सडक दस्तुर तथा डिक्की फुल अफरसमेत दिइरहेको कम्पनीले जनाएको छ ।

हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको उसको भनाइ छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४ सय वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेटसमेत सित्तैमा दिइरहेको कुरा कम्पनिद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

३८० कि.मी. रेन्ज रहेको नेटा भीकाे खर्च भने ०.५ रुपैया प्रति कि.मी. रहेको कम्पनीको दावी छ । दश वर्ष अर्थत दुई लाख कि.मी. ब्याट्री र मोटरको वारेण्टी रहेको तथा ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको पनि कम्पनीको जनाएको छ ।

वि.सं.२०८० असोज २५ बिहीवार १४:१५ मा प्रकाशित

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...