back
CTIZAN AD

टेलिकमले ल्यायो चाडपर्व अफर

वि.सं.२०८० असोज २८ आइतवार

1.2K 

shares

काठमाडौं । नेपाल टेलिकमले चाडपर्व अफर ल्याएको छ । सो अफर अन्तर्गत टेलिकमले आफ्ना ग्राहकहरुलाई सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने भएको छ ।
कम्पनीले ल्याएको सो अफर आज आइतबारदेखि कात्तिक १० गतेसम्म रहने कम्पनीले जनाएको छ । उक्त योजना अनुसार अब ४९ रुपैयाँ रिचार्जमा १ एमबीपीएस डेटा तथा १ सय मिनेट भ्वाइस कल प्राप्त गर्न सकिनेछ ।

यस्तैगरी, ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक, २९४ रुपैयाँमामा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सोही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुुसार पोस्टपेड मोबाइल प्रयोगकर्ताले सो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै शुल्क काटिने सुविधा उपलब्ध छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध हुनेछ । जस अनुसार २०० सयदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

वि.सं.२०८० असोज २८ आइतवार १२:०३ मा प्रकाशित

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक

ललितपुर । नेपाली कांग्रेसले आज २०८३ भदौ १० गते बुधबार...

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

रसुवा बाढीबारे राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । रसुवामा आज बिहान आएको बाढीको अवस्थाबारे छलफल गर्न...

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु...

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...