back
CTIZAN AD

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

वि.सं.२०८० असोज २८ आइतवार

1.4K 

shares

काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित आयोजना गरिएको जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० मा लक्की ड्र मार्फत बम्पर उपहारको पहिलो विजेता घोषणा गरिएको छ । लक्की ड्र कार्यक्रम जुत्ता चप्पल दशैं महोत्सव आयोजना गरिएको स्थान जावलाखेल फुटबल मैदानमा एक कार्यक्रम बिच घोषणा गरिएको हो ।

यस लक्की ड्र का विजेता कुपन नं. २३९९८ को मिरा तिवारीले बम्पर उपहार स्वरुप रु. २२ हजार बराबरको खसी प्राप्त गरेकी छन् । साथै कुपन नं. १४३४४ का हरी प्रसाद अवस्थी, कुपन नं. १४३८३ की सीता अधिकारी, कुपन नं. ९०७३ की उर्मिला साह, कुपन नं. ६९९२ की सुस्मिता थापामगर, कुपन नं. २१५६९ की संगिता गौतम, कुपन नं. ६९५४ का विनय महर्जन, कुपन नं. ४३६० की सविता खत्री, कुपन नं. २८२५ का सुजन कुमार पण्डित, कुपन नं. ३९८८ की कल्याणी कुँवर, १४०४७ का शिवम थापा र कुपन नं. १२९७५ का शिव कुमार पुन गरी ११ जना भाग्यशाली विजेताले रु. १ हजार बराबरको सपिङ्ग भौचर प्राप्त गरेका छन् । बम्पर उपहारको दोश्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने आयोजकको भनाई रहेको छ ।

त्यसैगरी, दोश्रो विजेताले पनि बम्पर उपहार स्वरुप रु. २२ हजार बराबर खसी प्राप्त गर्ने आयोजकले जनाएको छ । विजेताहरुलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ । असोज १० गतेदेखि भव्य रुपमा सञ्चालनमा रहेको महोत्सवमो नेपाली ब्राण्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरु ५०५ सम्मको आकर्षक छुटमा खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन – रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल्स, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको -केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको- उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।

आयोजकका अनुसार यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरु आकर्षक छुटका साथ शुपथ मुल्यमा उपलब्ध छन् ।

वि.सं.२०८० असोज २८ आइतवार १४:१९ मा प्रकाशित

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...