
१४ बैशाख, काठमाडौँ । हामीले कसैलाइ अबुझ, गवाँर भनेर तुलना गर्नुपर्दा भेँडा सँग तुलना गर्छौ तर यी भेँडा सम्बन्धी यी कुरा पढेपछि तपाइले अवश्यपनि आफ्नो मनस्थिति परिवर्तन गर्नु हुनेछ । वास्तवममा भेँडा अबुझ,गँवार नभएर एउटा विवेकशील तथा बौद्धिक प्राणी रहेको एउटा अध्यनले देखाएको छ ।भेँडाहरुमा मानिसमा जस्तै स्मरण तथा चिन्न सक्ने अदभुत क्षमता हुन्छ । भेँडाले दुइ वर्षमा कम्तीमा पनि पाँच सय फरक अनुहार चिन्न सक्ने विशेष क्षमता हुन्छ । भेँडाले कुनै घटनाहरुलाइ निकै लामो अबधि सम्म पनि स्मरण गर्न सक्छन ।
भेँडाहरुमा सामाजिक भावना सम्बन्धी ज्ञान समेत हुने गर्दछ । एक अर्कालाइ सहयोग गर्ने देखि लिएर समुहमा फाइट गर्दा एकले अर्कोलाइ सहयोग गर्नेसमेत गर्दछन तसर्थ तिनिहरुमा सामुहिक एकताका विकास समेत हुने गर्दछ । भेडाहरुमा मानसहरुमा जस्तै संवेदनाको ज्ञान हुने गर्दछ ।
त्यसै गरि भेँडा मात्र त्यस्तो खाने प्राणी हो जसले २ मिमी सम्म उचाइ भएको घाँसमा समेत चर्न सक्छ । त्यसैले भन्ने गरिन्छ नि भेँडा चरेको ठाँउ जस्तो उजाड रहेछ भनेर । बिबीसि
वि.सं.२०७४ वैशाख १४ बिहीवार १२:४२ मा प्रकाशित