back
CTIZAN AD

रसिकको ‘एङ्ग्री वर्ड’ बजारमा

वि.सं.२०७४ वैशाख १४ बिहीवार

1.1K 

shares

coverसाहित्यकार जितेन्द्र रसिकको सातौं साहित्यिक कृति बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ सार्वजनिक भएको छ । अङ्ग्रेजी भाषामा उक्त कथा सङ्ग्रह सार्वजनिक गरिएको हो । स्वदेश प्रकाशन प्रालीले प्रकाशन गरेको अंग्रेजी बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ बालबालिकाको रुचीलाई ध्यानमा राखेर लेखिएको आधुुनिक बालकथा संग्रह भएको स्वदेश प्रकाशन प्रालीले बताएको छ ।
बालकथा सङग्रहमा आवरण कथा ‘एङ्ग्री वर्ड’, फ्रेण्डसिप विथ रोवोर्ट, लाफिङ पेन एण्ड विपिङ कपि, कैले एण्ड सिँगौरी, पिग्गी बैंक लगायतका ११ वटा कथा सङ्ग्रहित छन् । ‘एङ्ग्री वर्ड’ बालकथा संग्रहमा आवरण र भित्री चित्रांकन प्रज्वल थापाको संयोजनमा रहेको छ भने लेआउट रोशन महतको रहेको छ । बालकथा सङ्ग्रह ‘एङ्ग्री वर्ड’ ६४ पृष्ठको छ भने यसको मुल्य १ सय रुपैयाँ रहेको छ ।
बजारमा बालबालिकाका लागि नेपाली परिवेशका अंग्रेजी भाषाका बाल कथा परिपुर्तिका लागि ‘एङ्ग्री वर्ड’ कथा संग्रह बजारमा ल्याएको लेखक रसिकले बताए । बालबालिकालाई पुरानै धर्राका कथाहरु नभएर समय र कालखण्ड अनुरुप उनीहरूको मनोविज्ञान बुझेर फरक खालका कथाहरु ‘एङ्ग्री वर्ड’ मा समावेश गरिएको छ । आधुनिक प्रविधि सँग नजिक रहेका बालबालिकाको सोच्ने र मनन गर्ने शैली समेत फेरिएकाले अबका बालकथा पुरानो शैली बाट टाढा रहेर फरक धारमा फरक तरिकाको कथा लेखनको आवश्यक रहेको रसिकले बताए । कथा सङग्रह ‘एङ्ग्री वर्ड’ मा फरक सन्दर्भलाई फरक तरिकाले प्रस्तुत गरिएकाले बालबालिका लागि यो बालकथा सङ्ग्रह उपयोगी देखिन्छ । लज्जावती उपन्यास का लेखक रसिकका यस अघि बालकथा सङ्ग्रह ‘एलिएनको पृथ्वी भ्रमण’ सचित्र बालकथा ‘हावा फल्ने रुख’ प्रकाशित छन् भने गजल संग्रहहरु काफिया, हृदयस्पर्शी छालहरु र फाँचल संग्रह तारापुञ्ज पनि प्रकाशित छन् ।
कृति :‘एङ्ग्री वर्ड’
विधा : बालकथा सङ्ग्रह
भाषा : अङ्ग्रेजी
प्रकाशक तथा वितरक : स्वदेश प्रकाशन प्राली
मुल्य : रू १००|-

वि.सं.२०७४ वैशाख १४ बिहीवार १३:०० मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

शिक्षा र स्वास्थ्यमा बढाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौँ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको...