back
CTIZAN AD

बागलुङमा चितुवा घरघरमै पस्न थाले

वि.सं.२०८० कात्तिक १६ बिहीवार

1.5K 

shares

 

बलेवा (बागलुङ) । गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु चरेकै कारण जङ्गल हुनबाट पाखा जोगिएका थिए । आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखामा जङ्गल भरिएको छ ।

दश वर्षअघिसम्म बस्तीको नजिक नदेखिने जङ्गली जनावर आजभोलि बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थालेका छन् । जङ्गली जनावर बस्ती नजिक मात्रै पुगेका होइनन् एकाद घरमा ती जनावरले क्षतिसमेत पु¥याउन थालेका छन् ।

जिल्लाको दक्षिण जैमिनी नगरपालिका–१ कुश्मीशेराकी चन्द्रमा शर्माको गोठमा चार दिनअघि चितुवा पस्यो । साँझकै समयमा घरदेखि केही परको जङ्गलमा कराइरहेको चितुवा रातको समयमा गोठमा पसेर खोरमा थुनेका बाख्रालाई आक्रमण ग¥यो । चन्द्रमाले एक वर्षअघि रू १० हजार तिरेर ल्याएको माउबाख्रो चितुवाले खोरबाट निकालेर चार कान्लामुनि पु¥यायो । पातलो गाउँमा छिमेकी निस्केर धपाउँदाधपाउँदै घाँटीमा घाउ बनाएर रगत चुसेको अवस्थामा बाख्रो चितुवाको मुखबाट खोसियो । बाख्रो एक दिनभन्दा बढी बाँचेन् ।

गाउँ छेउका पल्लो पाखार सामुदायिक वन र जलुके तारेभिर सामुदायिक वनमा चितुवा कराउन छोडेका छैनन् । दिनभर गाउँमा बाँदरको आतङ्क छ । रात परेपछि चितुवा कराउँदै घरघरै आइपुग्छन् । “पहिला वनमा चराउन लगेका बाख्रा चितुवाले खान्थ्यो घरमै पसेको कमै सुनिन्थ्यो”, शर्माले भनिन्, “छ महिना पहिला बनाएको नयाँ खोरका फलिया फालेर बाख्रो उडायो, पाठा घाइते छन् ।”

उनिकोे बाख्रो खाएको एक दिनपछि छिमेकमा बाँदर धपाउन पालेको गुरुप्रसाद आचार्यको कुकुर चितुवाले खायो । गोठकै छेउको खोरमा थुनेको कुकुर रातको समयमा चितुवा पसेर खाएको आचार्यले बताए । “गाउँ पातालो छ । मान्छेभन्दा जङ्गली जनावर धेरै हुन थाले”, उनले भने, “गरिखान नसकिने अवस्था आयो । बालीनाली बाँदरले खान्छ । पशु पाले बाघलाई, कसरी बस्नु गाउँमा ?”

बसाइँसराइले बस्ती पातलो हुनु, जङ्गलमा आहाराको कमी हुनु र नजिकमा रहेको निकुञ्जमा मध्यवर्ती क्षेत्र नहुनुले जङ्गली जनावर गाउँ पस्न थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरद अधिकारीले बताए । “मुख्यगरी जङ्गलमा आहारा नभएपछि मात्रै जङ्गली जनावर जोखिम मोलेर गाउँ पस्छन”, उनले भने, “जिल्लामा सिकार आरक्ष छ । तर वफर जोन छैन । आरक्षबाट बाहिर निस्केका जनावर बस्तीसम्म पुगेका हुन सक्छन् ।”

 

वि.सं.२०८० कात्तिक १६ बिहीवार १६:२२ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...