काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आजदेखि कार्यकारी निर्देशक कुलमान घिसीङलाई कार्यालयमा प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।
कात्तिक १२ गतेदेखि ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका प्राधिकरणका कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले आज भोली र पर्सि (तीनदिन) निर्देशक घिसीङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणाा गरेका हुन् ।
कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र र कात्र्तिक १४ गते दोस्रोपटक मागपत्र (सातबुँदे) सहित तीनदिने आन्दोलनका कार्यक्रम दिइएकोमा पटक–पटक व्यवस्थापनसँगको वार्ताबाट कुनै निष्कर्षमा पुग्ने वातावरण व्यवस्थापनबाट नभएकोले थप कार्यक्रम दिन बाध्य रहेको विज्ञप्तिमाा जनाइएको छ ।
विज्ञप्तिमा कात्तिक १९ गते विहान ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक, प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालयका प्रमुखलाई कार्यकक्षमा प्रवेश निशेध गर्ने जनाइएको छ ।

वि.सं.२०८० कात्तिक १९ आइतवार ११:५५ मा प्रकाशित






























