back
CTIZAN AD

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी हुन जापान पुगेकी देवकी फर्किइन्

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.2K 

shares

काठमाडौं । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी छन् ।
जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिनासम्म भएको सेमिनारमा सहभागी भइ देवकी स्वदेश फर्किएकी हुन् । सेमिनार एनपीओ जुडोसले आयोजना गरेको हो । सेमिनारका केहि कक्ष जापान कोदोकानमा पनि भएको थियो ।

जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाइ स्कुल, सिनियर हाइ स्कुल, कलेज, विश्वविद्यालयहरुमा प्रशिक्षण गर्ने अवसर पाएकी थिइन् ।

देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिएका थिए । गैर नाफामुलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुन् ।

यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको नेपाल जुडो संघका सदस्य समेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् ।

देवकी पाममै ७ वर्षको उमेरदेखि हुर्केकी हुन् । त्यहीबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थालेकी थिइन् । देवकी हाल पाममा सहायक प्रशिक्षक छिन् । घरेलु प्रतियोगितामा देवकी एक पटक मात्र मनीता श्रेष्ठ प्रधानसंग फाइनलमा पराजित भएकी छन् । मनीता पनि पामकै उत्पादन हुन् ।

देवकीले हालै चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन् । देवकीका दाइ इन्द्र र निशा पनि आ–आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुन् ।

देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउदै आफूले सिकेको सिप अरुलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताइन् । देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिदै एनपीओ जुडोसको पनि प्रशंसा गर्दै आभार व्यक्त गरिन् ।

श्रेष्ठले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने बताए ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:०२ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...