back
CTIZAN AD

टेनिस प्रतियोगितामा अभिलाषा र प्रकृति फाइनलमा

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.1K 

shares
काठमाडौं । अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले माहिका राणालाई ७–५ र ६–२ तथा प्रकृतिले शुभाङगीलक्ष्मी शाहलाई ४–६, ६–३ र ६–० को सेटमा पराजित गरे ।
पुरुष डबल्समा प्रदीप खड्का र निहालजंगबहादुर थापाको जोडीले स्वर्ण जिते । उक्त जोडीले फाइनलमा सक्षमविक्रम शाह र प्रितम परियारको जोडीलाई ४–६, ६–४ र १०–१ ले हराए । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्सको फाइनलमा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–० ले पराजित गर्दै शीर्ष स्थान हात पारे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–२, ७–६(३) तथा कमलबहादुर भण्डारीले सिमान्त गुरुङलाई ६–३ र ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले विमलकुमार गुरुङलाई ६–२ र ६–२ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारीको जोडीले डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा निराश पार्दै फाइनल यात्रा तय गरे ।
जुनियर : सरालाई दोहोरो स्वर्ण
  प्रतियोगिताअन्तर्गत जुनियरमा सरा पन्तले बुधबार दोहोरो स्वर्ण जितिन् । सराले यु–९ र यु–१० गल्र्स सिंगल्समा स्वर्ण जितेकी हुन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–९ फाइनलमा सराले थिअ श्रेष्ठलाई ४–० र ४–१ ले पराजित गरिन् । अर्को फाइनलमा सराले अनुश्री धोजुमाथि ६–२ र ७–६(१३) को जित दर्ता गरिन् । यु–१० ब्वाइज सिंगल्स फाइनलमा विश्वविशेष डल्लाकोटीले सुजन कुइकेललाई ६–३ र ६–३ ले हराउदै पहिलो भए ।
यु–१२ गल्र्स सिंगल्समा शिभाली गुरुङले साल्भी महर्जनलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थानमा कब्जा गरिन् । यु–१४ ब्वाइज सिंगल्स फाइनलमा वृजेश अर्यालले बोरिस अधिकारीलाई ६–२ र ६–३ ले पन्छ्याउदै शीर्ष स्थानमा रहे ।
ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडीले अर्याश झा र सौर्य झाको जोडीलाई ६–० र  ६–० तथा अद्रिन थापा र दीर्घायु लामाको जोडीले रनिश श्रेष्ठ र युभेनमान श्रेष्ठको जोडीलाई ६–१ र ६–३ को सेटमा पराजित गर्दै स्वर्ण भिडन्त पक्का गरे । गल्र्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले अभ्नी क्षेत्री र नताशा गुप्ताको जोडीलाई ६–० र ६–० तथा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीले तभिसी राणा र लुनिभा शाक्यको जोडीलाई ६–४ र ६–३ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:०६ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...