back
CTIZAN AD

चुनावमा बालबालिका प्रयोग नगरिने प्रतिबद्धता

वि.सं.२०७४ वैशाख १५ शुक्रवार

816 

shares

१५ वैशाख,नेपालगन्ज । बाँकेमा विभिन्न राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता जनाएपछि जिल्ला बाल कल्याण समिति तथा बालबालिकाका क्षेत्रमा कार्यरत सामाजिक संस्थाले त्यसको खुलेर प्रशंसा गरेका छन् ।

बाँके जिल्लाका राजनीतिक दल जस्तै अन्य जिल्लाका दलहरुले पनि यसको सिको गर्नुपर्ने र निर्वाचन एव्म दलका सबै खाले गतिविधिमा बालबालिकाको प्रयोगमा पूर्ण रुपमा रोक लगाउनुपर्नेमा पनि ती संस्थाले आग्रह गरेका छन् ।

जिल्ला बाल कल्याण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले “यहाँका दलहरुले अहिलेसम्म निर्वाचन प्रयोजन र दलका अन्य गतिविधिमा बालबालिकाको प्रयोग गरेको पाइएको छैन भन्नुभयो । ”

जिल्ला बाल कल्याण समितिले नेपालगन्जमा आयोजना गरेको ‘स्थानीय निकाय निर्वाचन र बाल अधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयक छलफलमा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपा, राजमो, जनता दललगायत १३ दलका पदाधिकारी र प्रतिनिधिले राजनीतिक गतिविधि र स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाए ।

प्रजिअ पन्थका अनुसार, निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामा निर्वाचनमा बालबालिकाको प्रयोग गर्न नपाइने एउटा बुँदाको आधारमा यहाँ अनुगमन समिति समेत गठन गरिएको छ । अनुगमन समितिमा केन्द्रिय बाल कल्याण समितिका एकजना प्रतिनिधिलाई पनि राखिएको छ ।
यसैबीच, नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयले जारी गरेको तथ्याङ्क अनुसार, स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्लाको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामा कुल एक लाख २५ हजार ९३९ पुरुष र एक लाख २० हजार १४१ महिला र एकजना तेस्रो लिङ्गी मतदाता छन् ।

यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, जिल्लाका कूल मतदातामध्ये पुरुष ५१ दशमलव १७ प्रतिशत र महिला ४८ दशमलव ४२ प्रतिशत छन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा भन्दा ४४ हजार मतदाता यो निर्वाचनमा बढी छन् ।

यसका साथै निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरुका नेता जनतासँगको साक्षात्कार कार्यक्रममा बढी व्यस्त देखिन थालेका छन् ।

दलका नेताहरुले गाउँगाउँमा सभा गर्ने, घरदैलो अभियान, नागरिक अन्तक्र्रिया, पार्टी प्रवेश, कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिएका छन् ।

वि.सं.२०७४ वैशाख १५ शुक्रवार ०७:५८ मा प्रकाशित

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...