back
CTIZAN AD

मजदुरी गर्ने दलित महिला व्यावसायिक तरकारीखेतीतिर

वि.सं.२०७४ वैशाख १८ सोमवार

1.2K 

shares

१८ वैशाख डडेल्धुरा । दैनिक ज्यालादारी र मजदुरी गरी जीविकोपार्जन गर्दै आइरहेका डडेल्धुरा अमरगढी नगरपालिका–८ खनमडाका दलित महिला व्यावसायिक तरकारीखेतीतर्र्फ उन्मुख भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र जिल्लास्थित विभिन्न गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग दिन थालेपछि डडेल्धुरा अमरगढी नगरपालिका खनमडाका २७ परिवार दलित महिला व्यावसायिक तरकारीखेतीमा लागेको यहाँस्थित अनुकूलन परियोजनाले जनाएको छ । तरकारीखेतीका लागि नयाँ प्रविधि र सिँचाइको व्यवस्थासमेत मिलाइएको सो परियोजनाका जिल्ला संयोजक पुरन ऐरले जानकारी गराउनुभयो ।

पुरुषहरु ज्यालादारी तथा पुख्र्यौली पेसा डोका डाला निर्माण गर्ने भए पनि महिला भने तरकारीखेतीका लागि दिनहुँजसो खेतबारीमै व्यस्त रहने गरेको पाइन्छ् ।

दैनिक मजदुरी गरी तरकारी खानका लागि बजारबाट किन्ने यहाँका दलित महिला अहिले भने तरकारीखेतीतर्फ आकर्षित हुन थालेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताउनुभयो ।
पहिला ज्यालादारीमा काम गरेर भए पनि बजारबाट तरकारी किनेर खाने गथ्र्यौ तर आजभोलि आफँै तरकारी लगाएर बजारमा बेच्नका लागि जाने गरेको व्यावसायी कलावती पार्कीले बताउनुभयो ।

रसायनिक मलले स्वास्थ्यमा नकारात्मक असर पर्नेबारे ज्ञान पाएपछि आफूहरुले तरकारीमा जैविक विषादी प्रयोग गर्ने विधि सिकेर तरकारीबारीमा जैविक विषादी र मलको मात्रै प्रयोग गर्ने गरेको घटाल कृषक समूहका महिला बताउँछन् ।
थोरै जमिन हुँदा धान गहँुलगायतका खाद्यान्न बालीबाट हुने उत्पादनबाट तीन महिनाका लागि पनि खान नपुग्ने खेतबारीमा तरकारीखेतीबाट जीविकोपार्जनका लागि सहज हुने भन्दै यहाँका दलित परिवार तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । तरकारीखेती सुरु गरेसँगै उनीहरुको आयस्तर समेत वृद्धि भएको छ ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०७:३८ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...