Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

जहाँ गर्भवती छोरीलाई मर्नकै लागि टापुमा एक्लै छोडिन्थ्यो



iceland-ugandaतपाइकी छोरी गर्भवती भएमा के गर्नुहुन्छ ? यदि छोरी विवाहित छन भने खुसी हुनुहुन्छ । खुसीको खबर भन्दै छिमेक समाज र गाउँमा खुसी बाड्नुहुन्छ । तर, त्यहि छोरी अनि तपाइकी छोरी अविवाहित रुपमा कसैको गर्भ बोकिन् भने केही परिवारले त्यहि केटासँग बिहे गराइदिनुहुन्छ । केहीले उमेर नपुगेको र भविष्य अध्यारो हुने भनेर नजदिकका मेरी स्टोप्समा पुगेर गर्भपतन गराइन्छ या छोरीलाई अनेक लान्छना लगाएर परिवार समाजबाट वहिष्कार हुने गरेर छोडिदिने चलन छ । हाम्रो समाजमा यस्तै व्यवहार हुन्छ छोरीमाथि । छोरीमाथि विभेद गर्ने र छोरीलाई राम्रो र खेल्ने पुतलीको रुपमा मात्र उपयोग गर्नुपर्छ र हुनुपर्छ भन्ने सोँच राख्ने संसारका धेरै समाजमा छोरीलाई विभिन्न प्रकारका व्यवहार गर्ने प्रचलन रहिआएको छ ।

अफ्रिकी देश युगाण्डाका केही समाजमा छोरीले यसरी नै पीडा खेप्नु परेको इतिहास छ । गर्भवती भएकै अवस्थामा छोरीले सामाजिक बहिष्कार हुनुपथ्र्यो । तपाइलाई थाहाँ छ, त्यहाँ यदि विवाह नगरेकी छोरीले कसैको गर्भधारण गरेमा उनलाई टाढा अनि सुनसान टापुमा लगेर एक्लै छोडिदिन्थ्यो परिवारले । अनि उनी त्यहि टापुमा एक्लै भोक र शोकमा डुबेरै मर्थिन । ती मध्ये केही मात्र भाग्यमानी थिए जो बाँचेर फर्कन्थे ।

यस्तै माउदा कितारागार्बिेजे नामकी एक युवती त्यहि डरलाग्दो टापुबाट फर्कनेमा एक थिइन् । उनी १२ वर्षको उमेरमा गर्भवती भएकी थिइन् । उनलाई परिवारले टापुमा छाडिदिएको थियो । उक्त टापु अकाम्पीन या ‘पनिशमेन्ट ल्याण्ड’ नामबाट परिचित थियो ।
टापुबाट बाँच्न सफ भएकी उनी भन्छिन्, ‘जब मेरो परिवारलाई म गर्भवती छु भन्ने थाहा भयो, उनीहरुले मलाई एक डुंगामा राखेर अकाम्पीनमा लिएर गए । मैले बिना खाना–पानी चार रात विताए ।’

माझीले बचाए माउदालाई
‘त्यहाँ धेरै चिसो थियो । मर्न लागेकी थिए । तर, पाँचदिनको दिन त्यहाँ एक माझी पुगे र उनले मलाई घरमा लिएर आए, पहिले त मलाई शंका लाग्यो । तर, उनले श्रीमतीको रुपमा राख्नेछु भनेर विश्वास दिलाएपछि म उनीसँगै आए ।’

mauda1

माझी ‘पनिशमेन्ट ल्याण्ड’बाट १० मिनेटको दुरीमा रहेको काशुंग्येरा नामको गाउँमा बस्थे ।

उनका अनुसार बैकिंगा समाजको परम्परा अनुसार युवती विवाहपछि मात्र गर्भवती हुन सक्छिन् । उनीहरुको परम्परा अनुसार कुमारी युवतीको विवाह गर्दा उनीहरुलाई फाइदा हुन्छ । छोरीलाई दाइजो दिनु पर्दैन उल्टै दुलाहाका परिवारबाट परम्परा अनुसारको दस्तुर पाउने गर्थे ।

उनीहरुका लागि अबिबाहित छोरी गर्भवती हुनु भनेको आफ्नो आर्थिक फाइदा छिनीनु हो । छोरीको विवाहस्वरुप दस्तुर नपाउनु हो । यसैकारण यस्ता छोरीहरुलाई मर्नकै लागि टापुमा छोडिदिने चलन थियो ।

त्यस समय युवतीहरु पैडी खेल्न जान्दैनथे । उनीहरुको अगाडि दुइवटा बाटो थियो, एउटा पानीमा डुबेर मर्नु र अर्को टापुमै चिसो र भोकबाट मर्नु ।

टापुबाट युवतीलाई उद्धार गरेर विहे गर्नुको मतलव थियो, दस्तुर मुक्त श्रीमती पाउनु । जब माउदा माझीका साथमा गाउँमा पुगिन तव मानिसहरुबीचमा चर्चा चल्न थाल्यो ।

अहिले माउदा पर्यटकको आकर्षणको केन्द्र बनेकी छन् । उनको घरमा नियमित पर्यटकहरु आउने जाने गर्छन । माउदाको दुःखको कुरा सुनाउँछिन्, उनी गर्भवती भएको थाहा पाएपछि परिवारले गरेको कुटपिटका कारण उनको बच्चा खसेको थियो । हाल उनका तीन छोरी छन् । उनले छोरीहरुले विवाह पुर्व यस्तो काम गरेमा उनले त्यस्तो व्यवहार नगर्ने बताउँछिन् ।

माउदा भन्छिन्, ‘उक्त टापुमा अन्य युवतीलाई पनि लगेर छोडिएको भनिन्थ्यो । तर, उनीहरुको बारेमा केही थाहा छैन ।’
उनका अनुसार जुन मानिसले उनलाई गर्भ बोक्न बाध्य बनायो उसलाई त्यसपछि कहिल्यै देख्न पाइनन् । केहीवर्ष अगाडि उनको मृत्यु खबर थाहा पाएकी थिइन् ।
उनलाई उद्धार गरेर ल्याउने श्रीमानको २००१ मा मृत्यु भयो । उनी भन्छिन्, ‘ उनी मलाई धेरै माया गर्थे मेरो राम्रो ख्याल पनि गर्थे ।’

हाल उनले माइतीलाई पनि माफ गरिदिएकी छन् । माइतीलाई भेट्न पनि जान्छिन् । उनी भन्छीन्, ‘ म इसाइ बनेपछि सबैलाई माफ गरिदिए । मलाइ टापुमा छोड्न जाने भाइलाई पनि माफ गरिदिए ।

भनिन्छ माउदा उक्त टापुमा छोडिने अन्तिम युवती थिइन् । त्यसपछि कसैले पनि परम्पराका नाममा यस्तो पीडा भोग्नु परेन । जव युगाण्डामा इसाइ धर्म र उनीहरुको बाहुल्यता बढ्दै गयो त्यसपछि कडा कानुन बनाएर यसमा रोक लगाइएको थियो ।

तर, त्यहाँ अहिले पनि उक्त समाजमा अविवाहित गर्भवती युवतीलाई वर्षौसम्म राम्रो नजरले हेरिन्न ।

माउदा आफ्नो नातिको सहारामा रुकिगा भाषामा कुरा गर्छिन । आफ्नो उमेर अन्दाजी ८० वर्ष वताउँछीन माउदा । तर, परिवार भन्छ माउदा १०६ वर्षकी भइन् । विविसी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । बेलायत र युएई पठाइदिन्छु भनेर २२ लाख बढी ठगी गर्ने २ जना

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.