back
CTIZAN AD

‘लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलाप आवश्यक छ’

वि.सं.२०८० पुस १६ सोमवार

864 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रवादी पक्षधरबीच एकता र मेलमिलापको आवश्यकता औल्याएका छन।

नेपाली कांग्रेसले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालमा भएका राजनीतिक आन्दोलनका उपलब्धिहरु कांग्रेस र कम्युनिष्टको एकता र मेलमिलापबाटै सम्भव भएको उल्लेख गरेका छन । अध्यक्ष नेपालले राजनीतिक व्यवस्थालाई सबल बनाउन जनतामा सुशासन प्रत्याभूति गराउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्टबीचका सहकार्यले नै नेपालको संविधान जारी भएको उल्लेख गर्दै अब संविधानको रक्षा गरेर सुशासन र समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए । उनले शान्ति प्रक्रियाका बाँकी काम सहमतिका साथ टुंग्याउनुपर्ने उल्लेख गर्दै उक्त विषय कुनै दलसँग सम्बन्धित नभई राष्ट्रको विषय भएको बताए ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले संविधानमा रहेका केही कमजोरी सच्याउँदै यसको कार्यान्वयन र रक्षामा सबै दल लाग्नुपर्नेमा जोड दिए । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले गरेको योगदान र संघर्षका कारण नै मुलुकको लोकतन्त्र आजको अवस्थामा आइपुगेको उनको भनाइ थियो ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यवस्थाप्रतिको वितृष्णा हटाउन, समुन्नतीको साझा खाका बनाउन, विदेश नीति, संविधानको रक्षा र समृद्धिका लागि दलहरुबीच साझा धारणा आवश्यक रहेको उल्लेख गरे । साथै उनले युवामा आशा जगाउने र जनताको आवश्यकताअनुसार विकास आजको आवश्यकता हो भने । कांग्रेसका सहमहामन्त्री डा महालक्ष्मी उपाध्याय ‘डिना’ ले आज युवाहरु रोजीरोटीका लागि विदेशिन बाध्य भएको अवस्थामा शीर्ष राजनीतिक नेतृत्वले यसतर्फ ध्यान दिई समाधानका उपाय पहिल्याउनुपर्ने बताइन ।

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले ठूलो सङ्घर्ष गरी ल्याएको लोकतन्त्र र प्राप्त राजनीतिक उपलब्धी जोगाउन सबै दलबीच एकता र मेलमिलापको खाँचो औँल्याए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक नेताकै कमजोरीका कारण व्यवस्थामाथि वितृष्णा देखिएको बताउँदै समाधानका लागि सबै दल र नेता सच्चिनुको विकल्प नरहेको धारणा व्यक्त गरे ।

कांग्रेसले पार्टीका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बीपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।रासस

वि.सं.२०८० पुस १६ सोमवार १९:५३ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...