back
CTIZAN AD

कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने

वि.सं.२०८० पुस २२ आइतवार

1.3K 

shares

जानकी (बाँके) । बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना गरिने भएको छ । लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताएका हुन् ।

नेपालगञ्जमा यातायात कार्यालय हुँदा समय र दूरीका कारण जनतालाई मर्का परेको जनाउँदै उनले कोहलपुरमा यातायात कार्यालयको शाखा स्थापना हुने बताए । “नेपालगञ्जमा यातायात कार्यालय भए पनि कोहलपुरमा चालक अनुमतिपत्रको एउटा शाखा ल्याउने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल सुरु भइसकेको छ”, उनले भने, “कोहलपुरमा यातायातको एउटा शाखा जनताको आवश्यकता भएको हुनाले यहाँ एउटा शाखा स्थापना हुन्छ, त्यसका लागि नगरपालिकाले ठाउँको व्यवस्थापन गर्ने तयारी गर्दा हुन्छ ।”

कोहलपुर नगरपालिकाले निर्माण गरेको दृश्यावलोकन स्तम्भ र नयाँ बसपार्क सञ्चालन तथा व्यवस्थापनका विषयमा सर्वपक्षीयरुपमा गरिएको सुझाव सङ्कलन कार्यक्रममा मन्त्री केसीले भौतिक संरचना निर्माण गर्दा दीर्घकालीन योजनाका साथ बनाउनुपर्ने उल्लेख गर्दै संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “संरचना बन्नु आफैँमा नराम्रो होइन, तर कालान्तरमा त्यसको प्रतिफल कस्तो रहन्छ भन्ने कुरामा विचार गरेर मात्र यस्ता संरचनाको निर्माण गरिनुपर्छ ।” कोहलपुरमा अत्याधुनिक बसपार्क र दृश्यावलोकन स्तम्भको संरचना तयार भइसकेकाले त्यसलाई सञ्चालनमा ल्याउन सबैको भूमिका महत्पूर्ण रहने उनले बताए । file photo 

 

वि.सं.२०८० पुस २२ आइतवार १३:२१ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...