back
CTIZAN AD

बिहानै खालीपेटमा पानी पिउने बानीले हुन्छन् यी सात फाइदा !

वि.सं.२०८० पुस २२ आइतवार

4.2K 

shares

धेरै मानिसहरु बिहान उठ्नासाथ खाली पेटमा एक गिलास पानी पिउने बानी त हुन्छ । तर, विहानै उठ्ने बित्तिकै पानी पिउँदा के के फाइदा हुन्छ भन्ने कमैलाई थाहा हुन्छ । विहानै पानी पिउने बानी नियमित मात्रै नभएर यसले विभिन्न प्रकारका रोगहरु रोक्न पनि निकै सहयोग गरिरहेको हुन्छ । आउनोस जानौं के के रहेछन त पानी पिउँदा हुने सात फाईदा !

भोक लाग्नुः जव विहान पेट सफा हुँदैन मानिसलाई भोक लाग्दैन । भोक नहुँदा तपाइको शरिरलाई चाहिने आवस्यक पोषणतत्व पाइदैन । यदि तपाइ विहान उठ्नासाथ एक गिलास पानी पिउनु भयो भने तपाइको पेट सफा हुन्छ । यसले तपाइलाई भोक जगाउँछ ।

पेट सफा रहन्छ –जव तपाई विहान उठ्नासाथ पानी पिउनुहुन्छ तव तपाइलाई ट्वाइलेट जान मन लाग्छ । तपाइ दिनहुँ बिहान उठेर पानी पिउने बानी बसाल्नु भयो भने तपाइको पेट सफा बन्दै जान्छ र कब्जियतको समस्या पनि हुँदैन ।

शरिरको दुर्गन्ध बाहिर निस्कन्छ :जव तपाइ बिहानै उठेर पानी पिउनुहन्छ, तपाइको शरिरमा रहेको फोहर बाहिर निस्कन्छ । पानीले शरिरमा रहेको हरेक फोहर बाहिर निकाल्न मदत गर्दछ । तपाइले धेरै पानी पिएर पिसाब गर्दा पिसाबबाट शरिरभित्रका धेरै फोहर बाहिर निस्कन्छ र तपाइ आनन्द महसुस गर्न सक्नुहुन्छ ।

दुःखाइबाट छुट्काराः धेरै मानिसहरु धेरै समय सुतेर पनि बिहान उठ्नासाथ टाउको दुखेको तथा भारी भएको महसुस गर्छन । हामी धेरैलाई यो थाहाछैन की, शरिरमा पानीको कमीका कारण पनि टाउको भारी भएको हो या दुखेःको हो भनेर । यदि तपाइलाई पनि यस्तो समस्याले सताउने गरेको छ भने बिहान उठ्नासाथ खालीपेट प्रसस्त पानी पिउने बानी गर्नुहोस ।

रगतमा बृद्दि : विहान खाली पेटमा पानी पिउँदा तपाइको शरिरमा रगतमा बृद्दि हुन्छ । खास गरेर विहान खाली पेटमा पानी पिउँदा रेड ब्लड सेल्स छिटो छिटो बढ्छ । त्यसैले तपाइको शरिरमा रगतका कमीको समस्या बढेको छ भने बिहान उठ्नासाथ पानी पिउने बानी बसाल्नुस त्यसले तपाइलाई फाइदा गर्दछ ।

मोटोपन कम हुन्छ : तपाइ मोटोपन घटाउन चाहानुहुन्छ भने बिहान उठ्नासाथ पिएको पानीले मोटोपन घटाउन सहयोग गर्छ । खाली पेटमा पानी पिउँदा शरिरमा रहेको खराब ट्रान्सफ्याट बाहिर निकाल्नुका साथै शरिरमा मोटाब्लिजम बढाउने काम गर्छ । यसका कारण तपाइको मोटोपन कम हुँदै जान्छ ।

अनुहारमा चमकता आउँछ : जव तपाइ बिहानै उठेर पानी पिउनुहुनछ । तपाइको अनुहारमा चमकता आउँछ । यस्तो बानीले अनुहारमा रहेको डन्डीफोर हराउने र अनुहार सफा हुन्छ । अनुहारमा ताजापन आउनु भनेको पेट स्वस्थ्य रहनु पनि हो । यदि कुनैपनि व्यक्तिको पेट सफा छैन, कब्जियत बढेको छ भने अनुरहारमा पनि चमकता हराउँदै जान्छ ।

वि.सं.२०८० पुस २२ आइतवार १४:०२ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...