back
CTIZAN AD

धानमन्त्री कप क्रिकेट : बागमतीद्वारा सुदूरपश्चिम पराजित

वि.सं.२०८० माघ ११ बिहीवार

954 

shares

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बागमतीले सुदूरपश्चिमलाई ९७ रनले हराएको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनायो । जितका लागि दुई सय ४८ रनको लक्ष्य पाएको सुदूरपश्चिम प्रदेशको पारी ३० दशमलव तीन ओभरमा एक सय ५० रनमा समेटियो ।

बागमतीका लागि आशुतोष घिरैयाले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ६२ बलमा छ चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी कप्तान रित गौतमले ६१ बलमा नौ चौकासहित ४४ रन जोडे । अशोक पौडेलले ३१, सोनु देवकोटाले २८, रविन जोशीले २४, प्रतिश जिसीले १७, विपिन आचार्यले १२, सूर्य तामाङले नौ तथा इशान पाण्डेले दुई रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल
र नारायण जोशीले तीन तीन, विकास आग्रीले दुई तथा मिलन बोहराले एक विकेट लिए ।

सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा नरेन भट्टले ४१, किरण ठगुन्नाले ४१ तथा खडग बोहोराले २१ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ बागमतीका सूर्य तामाङ र विपिन आचार्यले तीन तीन तथा रिजन ढकाल, कृजन गुरुङ र सोनु देवकोटाले एक एक विकेट लिए । जितसँगै आठ खेल खेलेको बागमतीले १० अङ्क जोडेको छ । बागमती अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । छ खेल खेलेको सुदूरपश्चिमको भने आठ अङ्क छ । सुदूरपश्चिम अङ्कतालिकाको पाँचौँ स्थानमा झरेको छ ।

 

वि.सं.२०८० माघ ११ बिहीवार १६:३६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...