back
CTIZAN AD

हेटौँडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति गरिँदै

वि.सं.२०८० माघ ११ बिहीवार

981 

shares

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्ड स्तरोन्नति भइरहेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बिपी राजमार्गको चारसयबेँसी अमलटार लेकपानी सडक निर्माणकार्य भइरहेकाले सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको बताए । रु ५१ करोड ४४ लाख ८३ हजारको लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रदेश सभासदस्य रत्न ढकालले गत मङ्सिर ३० गते संयुक्त रूपमा सो सडकखण्ड शिलान्यास गरेको थियो ।

अमलटारहुँदै खार्पाचोक–लेकपानी–सुगुरेसम्म जाने सडक निर्माणका लागि १०–१२ वर्षअघि स्थानीय बासिन्दाले चन्दा उठाएर सुरु गरेकामा अहिले प्रदेश सरकारको गौरवको आयोजनाभित्र परेको छ ।

 

वि.सं.२०८० माघ ११ बिहीवार १६:४२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...