back
CTIZAN AD

लघुकथा : उत्परिवर्तन

वि.सं.२०८० माघ २० शनिवार

2.8K 

shares

इन्दिरा चापागाईं,सभापोखरी -१ संखुवासभा

‘हैन, मेरो सृष्टिमा के खोट थियो र मानिस यस्तो समवेदनाहीन हुन थाल्यो हँ ? तिम्रो पालनमा केही खराबी भएको हुनुपर्छ ।’ ब्रह्माजीले विष्णुलाई आरोप लगाए ।

‘खरानी र सुलीको प्रयोग गरेर मान्छे बनायौ । कच्चा पदार्थ राम्रो भए पो चीज राम्रो हुन्छ’ विष्णुले उल्टै ब्रह्मालाई झपारे ।

‘यसमा तिमीहरु दुवैको केही दोष छैन । विनासकाले विपरित वुद्धि’, मानवसभ्यता नास हुने समय आएकोले मानव अमानवीय हुँदै गएको हो ।’ संहारकर्ता महेश्वरले तर्क लडाए ।

वैज्ञानिक मार्क स्मिथले ब्रह्मा, विष्णु, महेश्वरका यी सब कुरा सुने । प्रयोगशालाबाट बाहिर निस्किदै स्मिथले भने, ‘माफ गर्नुस् भगवान त्रय ! यहाँहरु कसैको तर्कमा पनि कुनै सत्यता छैन । मैले पन्ध्र बर्ष अनुसन्धान गरेर सत्य तथ्य पत्ता लगाएको छु ।’

‘त्यसो भए के हो त तिम्रो सत्य तथ्य ?’ भगवान महेश्वरले सोधे । ब्रह्मा र विष्णु जिज्ञासु नजरले हेरिरहे ।

‘मानवका केही जीनमा आएको उत्परिवर्तनको कारण मान्छेमा मानवीय संवेदना हराउँदै गएको हो प्रभु ! वैज्ञानिक अनुसन्धाता स्मिथले मुस्कुराउँदै भने ।

 

 

 

वि.सं.२०८० माघ २० शनिवार ०८:३३ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...