back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० माघ २० शनिवार

1.9K 

shares

भूपाल अधिकारी, बिराटनगर
१.
कस्तो हो यो परम्परा मैले जलिरहनुपर्छ
कसले भन्छ कठैबरा मैले जलिरहनुपर्छ
मलाई हेर्दै न हाँस मानवताहिन मलामीहरू,
म हुँ चिताको दाउरा मैले जलिरहनुपर्छ ।

२.
घोडाको कोर्रा र दासत्वको छडी उस्तै लाग्छ
बिग्रेको घडी अनि गरीबको झुपडी उस्तै लाग्छ
हे ! सधैं तलुवा चाटेर अट्टालिकामा बस्नेहरू हो,
किन मलाई जिउँदै मर्नु र चाकडी उस्तै लाग्छ ।

३.
स्वतन्त्रता दिएँ भन्छन् तर बोल्दै नबोल भन्छन्
जतिसुकै अन्याय परेपनि मुख नखोल भन्छन्
मौका छोपी टाउकोमा नै हिर्काउन पाएँ भन्ने,
तिमीहरू सबै काँटी हौं म चाहिँ मार्तोल भन्छन् ।

४.
कसैका लागि डाडु त कसैका लागि पन्यु हुँ
कहिले नि फुल्न फल्न नसक्ने एक उन्यू हुँ
चाहे काट मार या जेसुकै गर मान्छेहरू हो,
साँच्चै म चक्रव्यूहमा फसेको अभिमन्यु हुँ ।

५.
म एक नारी हुँ मैले मर्नुपर्छ जिउँदै जली किन ?
कै’ले भन्छौं जीवन संगिनी कै’ले नक्कली किन ?
छाती माथि चलाई बुलडोजर लास उठाउँनेहरू,
सधैं मलाई ठान्छौं यौटा झुम्राको पुतली किन ?

 

 

वि.सं.२०८० माघ २० शनिवार ०८:३३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...