back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ २० शनिवार

1.9K 

shares

सृजना ढकाल,पोखरा

देखेर मेरो करुणा ढुङ्गा रसाउनेछ
बग्दै गरेको खोला फर्केर आउनेछ

ईश्वर समेत झुक्छन् मायाले जिद गरेमा
काँडा फुलेर एकदिन फूल झैँ बसाउनेछ

जल्नेछ रात आफैँ देखेर प्रेम मेरो
आकाशले नि सूर्य राति पठाउनेछ

धोकाको राप भित्र जल्दै छ आज मान्छे
आगो पिएर भोलि तिर्खा मेटाउनेछ

पैसा भयो अूुल्य अस्तित्व छैन जनको
मान्छेले लास माथि उत्सव मनाउनेछ

केही त पाप लाग्ला मायालु छल नगर्नू
रोएको मनले भाग्य तिम्रो गिराउनेछ

खोलेर झ्याल हेर्नू रातीको दुई प्रहरमा
चोरेर मेरो आँखा जूनले चिहाउनेछ

बग्दैछ मन बगाऊ दिलको नदी बनेर
आकाशमा यो धर्ती आजै बिलाउनेछ

बहर : मुजारे मुसम्मन अखरब
अर्कान–२२१२,१२२/२२१२,१२२

वि.सं.२०८० माघ २० शनिवार ०८:२९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...