हरि प्रसाद घिमिरे, गोरखा
यो नशा पियो भने तुरुन्त लाग्छ ज्यानमा
दिन्छ यो रमाइलो हुँदैन खान ध्यानमा
हो नशा विलासको अमूल्य एक साधन
खाइँदा रमाइलो बनाउने छ आँगन ।१।
नाच्दछन् र गाउँछन् रमाउँछन् रिसाउँछन्
खानको नशा बसेर दूर दूर धाउँछन्
अड्कली पियोभने विशेष चङ्ख पार्दछ
यो सधैँ पियोभने तुरुन्त ज्यान मार्दछ ।२।
जाँडको नशा बसी पियो भने निरन्तर
त्यो रमाउँदै गयोभने परिन्न निर्भर
बेचिने सबै कुरा विनास पार्छ यो नशा
यो नशा असाध्यको उदास पार्छ हो दशा ।३।
तान्दछन् धुवाँ कुनै नशा नशा भराउँदै
खाइयो मनुष्यले बुझी बुझी डराउँदै
लाख छन् प्रकारका विभिन्न खाल छन् नशा
यो नशा पियोभने अवश्य हुन्छ दुर्दशा ।४ ।
त्यो जुवा र तासले वतासझैँ उँडाउँछ
प्रेम भक्तिभावना अवश्य त्यो चुँडाउँछ
जो नशा बिकाउँछन् समाज नै बिगारियो
खाइयो भने नशा तुरुन्त दुःख पाइयो ।५।
राजनीतिको दशा बसेर देश बिग्रियो
झन् विकासका कुरा गरी बसेर सिद्धियो
स्त्री यहाँ अचम्ममा छ नग्न चालमा नशा
देखियो कहाँ खपी बसे र सभ्य दुर्दशा ।६।
छन्द : तूणक
गण : र ज र ज र
सङ्केत: SlS lSl SlS lSl SlS
वि.सं.२०८० माघ २० शनिवार ०८:२५ मा प्रकाशित






























