back
CTIZAN AD

कविता : गाँडो

वि.सं.२०८० माघ २७ शनिवार

1.9K 

shares

यम रेग्मी, दाङ

मान्छेको अनुहारको चमकको सौन्दर्यको दाग हो
मान्छेको जिउमा प्रयोग नहुने बेकामको भाग हो
मान्छेको पसिना र रक्त पिउँदै बन्दैछ त्यो बेलुन
मान्छेको गरिमा गयो वनतिरै गाँडो छ ऐले दिन ।१।

खुट्टा यी दगुरी सबैतिर पुगी गन्तव्यमा धाउँछन्
औंलाले दिनरात पौरख गरी कर्तव्यमा आउँछन्
तारा छुन्छु भनी सधैँ मगजले बुन्दैछ आयोजना
गाँडोले सुखमा बसी चयनले खाँदैछ मीठो खुवा ।२।

मान्छेको भरमा जिएर जनकै बन्दैछ त्यो शासक
मान्छे लास हुँदा प्रचण्ड मतिले गाँडो बन्यो घाटक
घाटी मार्ग थिचेर सास निँचुरी मा¥यो कयौं मानिस
गाँडो शासकको छ उत्सव नयाँ मान्छे बने बाधक ।३।

गाँडोको लुटपाट थेग्न नसकी गोडा हिँडे बाहिर
गाँडोको रसरङ्ग हेर्न नसकी झुँक्दैछ सच्चा शिर
गाँडो दैत्य हुँदा भुँडी बगरको टड्पिन्छ माछोसरि
थोत्रो वस्त्र भयो मनुष्य अहिले गाँडाहरूले गरी ।४।

सत्ताको बिउमा विवेक नहँदा गाँडाहरू जन्मिए
सत्ताको घरमा अशुद्ध रहँदा गाँडाहरू हुर्किए
गाँडोकै बलमा शरीरभरका फोका भने लायक
चिन्ता लाग्छ खुबै विवेक नरको गाँडो बन्यो नायक ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S
विश्राम : छ र बाह्र अक्षरमा

वि.सं.२०८० माघ २७ शनिवार ०७:३७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...