back
CTIZAN AD

नगरपालिकाद्वारा नदीजन्य सामग्री जफत

वि.सं.२०८० फागुन ६ आइतवार

1.1K 

shares

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले अवैधरूपमा राखिएको नदीजन्य सामग्री जफत गर्न सुरु गरेको छ । सुनवल–४ स्थित तुरियाखोलाबाट चोरीनिकासी गरी अवैध रूपमा डम्पिङ गरी राखिएका गिट्टी, बालुवा, ढुङ्गा, सुनवल नगरप्रमुख विमला अर्याल नेतृत्वको टोलीले जफत गर्न सुरू गरेको हो ।

टोलीले सुनवल–४ चारघरेस्थित औद्योगिक ग्राममा अवैधरूपमा राखिएको गिट्टी, बालुवा, ढुङ्गालाई जफत गरेको हो । पालिकाले जफत गरेको गिट्टी, बालुवा, ढुङ्गालाई सुनवल नगरपालिकामा जम्मा गरेर राखिएको उनले बताइन् । नगरप्रमुख अर्यालले केही व्यक्तिले तुरियाखोलाबाट चोरी निकासी गरी सार्वजनिकस्थल र आफ्नो निजी जग्गामा भण्डारण गरी राखेको गिट्टी, बालुवा, भस्कट र ढुङ्गाका लागि पालिकाले पटक–पटक प्रमाणित गरी सम्बन्धित व्यक्तिलाई राजस्व बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि आफूहरू सामाग्री जफतमा लागेको बताइन् ।

केही व्यक्तिले तुरियाखोलाबाट दिनरात गिट्टी, बालुवा, भस्कट, मिस्कट र ढुङ्गा चोरी निकासी गर्ने अनि दोष जति पालिकाले खेप्नुपर्ने हुँदा चोरी निकासीलाई बन्द गर्न इलाका प्रहरी कार्यालय सुनवलको सहयोग लिएर जफत गर्न थालिएको नगरप्रमुख अर्यालले जानकारी दिइन् । उनले जफत गरिएको गिट्टी, बालुवा, ढुङ्गा, मिस्कट र भस्कटको पालिकाले कानुनअनुसार व्यवस्था गर्ने र अवैध नदीजन्य पदार्थ जफत प्रक्रिया निरन्तर जारी रहने समेत जानकारी दिइन् ।
रासस/फाइल फोटो

वि.सं.२०८० फागुन ६ आइतवार ०८:५५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...