back
CTIZAN AD

‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्ति’ सम्मेलन पोखरामा हुँदै

वि.सं.२०८० फागुन ९ बुधवार

984 

shares

गण्डकी । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस र गण्डकी प्रदेश, विज्ञान तथा प्रविधि प्रष्ठिान(जिपास्ट) को संयुक्त आयोजनामा बिहीबारदेखि पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखा परेका प्रवृत्ति’ विषयक सम्मेलन हुने भएको छ ।

सम्मेलन सम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाटमा वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका प्रमुुख प्रा विनोदप्रसाद हेज्युले विज्ञान र प्रविधिका क्षेत्रमा आफ्ना ज्ञान, सीप, अनुसन्धानका नतिजा र अनुभव आदानप्रदान तथा प्रचारप्रसार गर्न वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षाविद् र विद्यार्थीलाई एकैसाथ भेला गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रा डा दिलीप सुब्बाको प्रमुख आतिथ्यतामा हुने उक्त सम्मेलनको प्रमुख वक्ता नोबेल पुरस्कार विजेता वैज्ञानिक रिचर्ड जोन रोबर्ट्स र वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमाल रहने छन् । सम्मेलनमा प्रमुख वक्तासहित देश विदेशका करिब दुई सय ५० अनुुसन्धानकर्ता र प्राज्ञिक व्यक्तित्वको सहभागिता हुने र विभिन्न प्राज्ञिक व्यक्तित्वसहित विषयगत ७६ वटा प्रस्तुतिका साथै ३० वटा पोष्टर प्रदर्शन गरिने सम्मेलनका सदस्य सचिव डा विष्णुप्रसाद देवकोटाले जानकारी दिए ।

सम्मेलनमा कृषि, पशुु, मत्स्य तथा खाद्य विज्ञान, जैविक विज्ञान, इन्जिनियरिङ र प्रविधि, वन, जैविक विविधता, वातावरण र जलवायु विज्ञान, स्वास्थ्य र चिकित्सा विज्ञान, अन्तरविषय विज्ञान, नीति इन्टरफेस विज्ञान, नैतिकता विज्ञान, शिक्षा र सञ्चार, गणित, तथ्याङ्क र डेटा विज्ञान, भौतिक विज्ञान सम्बन्धमा विषयगत क्षेत्रसित सम्बन्धित अनुसन्धानका नतिजाबारे प्रस्तुति तथा छलफल गरिने बताइएको छ ।
फाइल फोटो

वि.सं.२०८० फागुन ९ बुधवार २२:२६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...