back
CTIZAN AD

रास्वपाद्वारा सडक र सदन दुवै अवरुद्ध गर्ने चेतावनी

वि.सं.२०८० फागुन १० बिहीवार

1K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सडक र सदन दुवै अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

संसदमा प्रतिपक्षी दल रहेको सो पार्टीका सांसद विराजभक्त श्रेष्ठले बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

सांसद श्रेष्ठले बालकुृमारी घटनाबारे राास्वपाले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपनि प्रधानमन्त्रीले त्यो अध्ययननै नगरेको भन्दै त्यसबारे जवाफ मागे । ‘संसदप्रति नै सरकार जवाफदेही हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ ?’उनले भने ।

उनले ती दुई युवाको परिवारलाई पनि हेरियोस् भनेर शंकाका सुविधा दिएपनि प्रधानमन्त्रीले प्रतिवेदन नपढेकोमा आक्रोश व्यक्त गर्दै पढ्न गाह्रो भएमा आफुहरुले नै पढेर सुनाईदिने समेत बताए ।

‘सभामुख महोदयमार्फत सरकालाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षीलाई नसुन्ने हो भने संसद् अवरुद्ध पनि हुन्छ, आन्दोलन पनि हुन्छ । तर, सरकारले हामीलाई के दोष दिन पाउँदैन भने प्रतिपक्षले सदन चल्न दिएन भनेर,’ उनले भने, ‘हामी प्रतिपक्षको नेपथ्यबाट जनताको पीडा, जनता स्तब्ध भएको कुरा राखिराख्दा सरकारले अनसुनी गर्छ भने संसदमात्र होइन सडक पनि अवरुद्ध हुन्छ ।’

 

 

वि.सं.२०८० फागुन १० बिहीवार १३:४१ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...