back
CTIZAN AD

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

वि.सं.२०८० फागुन १० बिहीवार

1.1K 

shares

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए ले क्यानडालाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८२ रनको योगफल बनायो । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाए ।

त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष थाकरले समान दुई/दुई विकेट लिए भने कप्तान साद बिन जफर र कलिम सानाले सामन एक÷एक विकेट लिए ।

आजको विजेताले जारी शृङ्खलामाथि कब्जा जमाउनेछ । तीन खेलको उक्त प्रतियोगितामा हाल दुवै टोलीले एक÷एक खेल जितका छन् । नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो ।

 

वि.सं.२०८० फागुन १० बिहीवार १३:४६ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...