back
CTIZAN AD

एमालेको जारी बैठकस्थलमा प्रविधि प्रदर्शनी

वि.सं.२०८० फागुन १० बिहीवार

1K 

shares

काठमाडौँ । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकस्थलमा सो पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागले पार्टी केन्द्रीय कार्यालय, च्यासल परिसरमा ‘प्रविधि प्रदर्शनी’ आयोजना गरेको छ ।

सो विभागका सचिव सञ्जिव रोकाहाले विकास र समृद्धिका साथै प्रविधिलाई पनि पार्टीले महत्व दिनुपर्ने सोचलाई स्थापित गर्न प्रदर्शनी आयोजना गरिएको बताए । प्रदर्शनीमा विभिन्न प्रविधि कम्पनीले सहभागिता जनाएका छन् ।

प्रविधि कम्पनी रामलक्ष्मणको डिजिटल ठेगाना कता हो ? भन्ने जानकारीका साथै ड्रोन रोबटको प्रदर्शनी, लघुउद्यमसम्बन्धी नेपालमै मेसिन बनाउने भूमि सप्लायर्स कम्पनीका दुनाटपरी बनाउने मेसिन, फाइबर उत्पादन, केराका पातबाट डोरी बनाउने मेसिन, गल्लीको नक्साबारे जानकारी, अग्र्यानिक कृषि औषधि र मिनी हाइड्रोबारे जानकारी दिने कक्षा राखिएको रोकाहाले बताए ।

प्रदर्शनीको बुधबार पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूले अभिरुचिपूर्वक अवलोकन गरी प्रविधिबारे जानकारी लिएका थिए ।

स्वास्थ्य सहायता कक्ष

एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूको प्राथमिक स्वास्थ्य परीक्षणका लागि बैठकस्थलमा स्वास्थ्य सहायता कक्ष राखिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले राखेको सहायता कक्षबाट नेताहरूले रक्तचापको अवस्था, मधुमेह र अन्य प्राथमिक उपचार सेवा लिएको छ भने औषधिसमेत उपलब्ध गराइएको छ ।

महासङ्घका अध्यक्ष डा झलक गौतमलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराइएको एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । यही फागुन ८ गतेदेखि सुरु भएको एमालेको बैठक आज सकिँदैछ ।

वि.सं.२०८० फागुन १० बिहीवार १४:१४ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...