काठमाडौं । काठमाडौं महानगरपालिकामा फागुन १६ गतेबाट रुबेला दादुरा खोप अभियान सुरु हुने भएको छ ।
महानगरपालिद्वारा जारी सूचना अनुसार फागुन १६ गतेदेखि २ चरणमा रुवेला दादुरा खोप कार्यक्रम सञ्चालन गरिने भएको हो ।
पालिकास्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा यस सम्बन्धी जानकारी दिँदै फागुन १६ गतेदेखि १९ वटा वडाहरु ( वडा नं. १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८) र फागुन २० गतेदेखि १३ वटा वडाहरु (४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२) मा खोप कार्यक्रम चल्नेछ । खोपमा रुवेला दादुरासँगै नियमित खोप पनि प्रदान गरिनेछ ।
स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) का अनुसार उक्त खोप लिनेमा ९ महिनामाथि र ५ बर्षमुनिका ४१ हजार ९२ जना बालबालिका रहेका छन् ।
यिनीहरुलाई रुवेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइने बताइएको छ । यसरी दिइने खोपहरुमा डिपीटी, हेप बी–हिब, पीसीभी, आइपीभी रहेका छन् ।
यस्तै ५ बर्षमाथि १५ बर्ष उमेर तलका बालबालिकाको संख्या १ लाख १ हजार १२९ जना देखाएको छ । उनीहरुलाई रुवेला दादुराको खोप दिइनेछ ।
वि.सं.२०८० फागुन १० बिहीवार १४:२३ मा प्रकाशित






























