काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानद्वारा पुरस्कार छनौटका लागि कार्यसमिति गठन गरिएको छ ।
डा. प्रदिपकुमार मैनालीको अध्यक्षतामा फागुन १२ गते भक्तपुरमा बसेको कार्यसमितीको बैठकले पुरस्कार छनौटको लागि कार्यसमितिले तय गरेको निश्चित माप दण्ड र कार्यविधि अनुसार पुरस्कारका लागि सिफारिस गर्न पदम दाहालको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको हो ।
समितिले विभिन्न विद्यामा छनौट गरेको तीन स्रष्टाहरू्मध्ये निम्न स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ । उल्लेखित पुरस्कार, सम्मान तथा मानार्थ सदस्यता प्रतिष्ठानको वार्षिकोत्सवको दिन चैत्र २४ गते प्रदान गरिने बताइएको छ ।
समितिका अनुसार पुष्पपराग बर्ष सम्मान पुरस्कार – २०८० – ध्रुव मधुकर्मी, भक्तपुर, तिलकुमारी खड्का स्मृति पुरस्कार – प्रतिमा पुन म्याग्दी, निल–गङ्गा भाषा साहित्य पुरस्कार– प्रा. डा. दानराज रेग्मी– बाग्लुङ, पद्य्मावती गीत संगीत पुरस्कार – डा. विस्णु प्रसाद आचार्य– अर्घाखाँची, शुक्रमन्दिर लोक साहित्य पुरस्कार – श्री लक्ष्मी शर्मा– दैलेख, कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार – पार्वती राई, खोटाङ,्परममाया÷कृष्ण प्रसाद थपलिया स्मृति पुरस्कार – डा. षडानन्द पौडेल, पर्वत, सफलता स्मृति पुरस्कार–मधु गुरुङ, मोरङ, वि.के. स्मृति पुरस्कार (आख्यान तर्फ) – भक्त वहादुर नेपाली, ललितपुर,चेवन चन्द्र वस्नेत गद्य कविता पुरस्कार – असीम सागर, अर्घाखाँचीलाई सम्मान गरिने भएको छ ।
त्यस्तै पुष्पपराग साहित्य प्रतिष्ठानमा महिनैपिच्छे आएर वाचन गरिएका मध्ये सर्वोत्कृष्ट छन्द पुरस्कार ‘वालकुमारी छन्द कविता वाचन पुरस्कार’ कृष्ण प्रसाद पौडेल नुवाकोटलाई प्रदान गर्ने निर्णय भएको छ ।
त्यसैगरी गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट योगदान पुर्याउने एक जनालाई प्रदान गरिने मानार्थ सदस्य गायक रमेश खकुरेललाई र ‘पुष्पपराग युवा साहित्य सम्मान’ – सम्पत काफ्लेलाई प्रदान गर्ने निर्णय भएको छ ।
पुष्पपराग साहित्य प्रतिष्ठानले प्रदान गर्न लागेको निम्न पुरस्कारको नगद राशी संस्थापक निम्न संस्था तथा व्यक्तिले गरेका छन् ।
१. पुष्पपराग वर्ष सम्मान पुरस्कार– रु.१०,०००/
पुष्पपराग साहित्य प्रतिष्ठान
२. तिलकुमारी खड्का स्मृति पुरस्कार– रु.५,०००/
प्रेमबहादुर खड्का
३. निलगङ्गा भाषा साहित्य पुरस्कार – रु. १०,०००/ – टि. एन. भट्ट “विश्वामित्र“
४. पद्मवती गीत÷संगीत पुरस्कार– रु.१०,०००/
– प्रजापति तिमल्सिना
५. शुक्र मन्दिर लोक साहित्य पुरस्कार– रु.१०,००० / प्रेम राई “परिक्षित“
६. कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार – रु. ५०००/ – भुवन शिवाकोटी “चौघरे“
७. परममाया ÷ कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार– रु. १०,०००/ – गोपालप्रसाद थपलिया
८. सफलता स्मृति पुरस्कार– रु.१०,०००/
– सोना परियार
९. वि. के. स्मृति पुरस्कार – रु. २५,०००/
– मनिषकुमार शर्मा झसमितञ
१०. चेवन चन्द्र बस्नेत गद्य कविता पुरस्कार– रु. १०,०००/– डा. चेवन चन्द्र बस्नेत
११. वाल कुमारी छ्न्द कविता पुरस्कार – रु. १०,००० / ढुण्डिराज पोखरेल
वि.सं.२०८० फागुन १३ आइतवार १७:०९ मा प्रकाशित






























