back
CTIZAN AD

नयाँ सत्तासमिकरण : को–को बन्दैछन् त मन्त्रीहरु ?

वि.सं.२०८० फागुन २१ सोमवार

1.6K 

shares

काठमाडौं । नयाँ सत्ता समिकरण बनेसँगै समिकरणभित्र रहेका दलहरुबाट मन्त्री को–को बन्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ समिकरण बनाएसँगै सानो आकारको मन्त्री मण्डल बनाउने तयारी गरिरहेका छन् ।

आज बिहान बसेको नयाँ सत्ता समिकरणको बैठकमा दलहरुले आ–आफ्नो पार्टीबाट मन्त्री हुने नेताहरुको नामावली दिएका थिए । साथै पुन दिउँसो २ बजे बस्ने नयाँ गठबन्धनको बैठकले नयाँ गठबन्धनको आधारपत्र सार्वजनिक गर्ने, मन्त्रीहरुको टुंगो लगाउने र साँझ ४ बजे ती मन्त्रीहरुले सपथ ग्रहण् गर्ने बताइएको छ ।

हालसम्म प्राप्त नाम अनुसार नेकपा एमालेले प्रमुख सचेतक पदम गिरीलाई मन्त्रीमा प्रस्ताव गरेको छ । गिरी यसअघि स्वास्थ्य मन्त्री बनिसकेका व्यक्ति हुन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र वर्षमान पुन अनन्तमा एकजना सरकारमा सहभागी हुने बताइएको छ भने रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने बताइएको छ ।

दलहरुबाट मन्त्रीका लागि नाम आएपछि प्रधानमन्त्री पुपष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।

 

 

वि.सं.२०८० फागुन २१ सोमवार १४:३० मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...