काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोमबारदेखि काठमाडौं महानगरपालिका वडा नं.३ मा पानीपोखरी शाखा संचालनमा ल्याएको हो ।
बैंकका अनुसार यो शाखासहित बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिब सेवा तथा सुविधाहरु दिने बताए ।
हाल बैंकको २७० शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिब र २६८ वटा एटीएम रहेको बैंकले जनाएको छ ।
वि.सं.२०८० फागुन २१ सोमवार १४:३३ मा प्रकाशित




























