काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
नयाँ गठबन्धनमा मन्त्रालयको जिम्मेवारी बाँटफाँटका क्रममा ५ मन्त्राालयको जिम्मेवारी पाएको माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
जसअनुसार यसअघि गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र संचारमन्त्री रहेकी रेखा शर्मा र उर्जामन्त्री रहेका शक्तिबहादुर बस्नेत पुनः मन्त्रीमा दोहोरिने भएका छन् । उनीहरुले कुन मन्त्राालयको जिम्मेवारी सम्हाल्ने भन्ने टुंगो भने लागिसकेको छैन । यद्यपी माओवादी मन्त्री बन्न लागेका पार्टीका वर्षमान पुनले भने अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
त्यसैगरी माओवादीबाट हितबहादुर तामाङले यसअघि नै मन्त्री पदको सपथ खाइसकेका छन् भने उनले पनि कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगो लागिसकेको छैन ।
वि.सं.२०८० फागुन २३ बुधवार १५:३४ मा प्रकाशित






























