back
CTIZAN AD

कविता : खाँचो छ

वि.सं.२०८० फागुन २६ शनिवार

1.3K 

shares

ललित श्री लोहारचत
गान्तोक, सिक्किम

धन भन्दा मनको खाँचो छ यहाँ
माया भन्दा दयाको खाँचो छ यहाँ
आशा भन्दा भरोसाको खाँचो छ यहाँ
प्रेम भन्दा विश्वासको खाँचो छ यहाँ
यहि सबै बुझेको एउटा मान्छेको
खाँचो छ यहाँ ।

खुशी भन्दा आनन्दको खाँचो छ यहाँ
आफान्त भन्दा साहाराको खाँचो छ यहाँ
हल्ला भन्दा सल्लाहको खाँचो छ यहाँ
ध्यान भन्दा अध्ययनको खाँचो छ यहाँ ।
यहि सबै बुझेको एउटा मान्छेको
खाँचो छ यहाँ ।

ज्ञानि भन्दा अनुभवीको खाँचो छ यहाँ
हेराइ भन्दा बुझाइको खाँचो छ यहाँ
मन भन्दा चिन्तनको खाँचो छ यहाँ
बल भन्दा हलको खाँचो छ यहाँ ।
यहि सबै बुझेको एउटा मान्छेको
खाँचो छ यहाँ ।

बिक्रेता भन्दा स्विक्रेताको खाँचो छ यहाँ
हुन्छ भन्दा सक्छुको खाँचो छ यहाँ
नेता भन्दा निती र सिद्धान्तको खाँचो छ यहाँ
परिवर्तन भन्दा प्रगतिको खाँचो छ यहाँ ।
यहि सबै बुझेको एउटा मान्छेको
खाँचो छ यहाँ ।

गुरू भन्दा शिष्यहरुको खाँचो छ यहाँ
कर्म भन्दा धर्मको खाँचो छ यहाँ
दान भन्दा उत्पादनको खाँचो छ यहाँ
पेवा भन्दा सेवाको खाँचो छ यहाँ ।
यहि सबै बुझेको एउटा मान्छेको
खाँचो छ यहाँ ।

 

वि.सं.२०८० फागुन २६ शनिवार ०८:१४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...