back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० फागुन २६ शनिवार

1.5K 

shares

अरुण खडका, काठमाडौं

१.
बिहानैदेखि बालुवाको भारी बोकेर आमा
निदाउँनै सक्दिनन् रातभरि खोकेर आमा
नदुःखेझैं छाती छरिरहन्छिन् मलिन हाँसो,
वेदनाको ज्वालामुखी दिलमै रोकेरआमा ।

२.
मेरो सरकारले तिम्रो विश्वासको मत पायो भने
अविश्वासको प्रस्तावले सहजै मात खायो भने
गृह मन्त्रालयको बागडोर नै सुम्पिदिउँला प्रिया,
तिम्रो धड्कनले मेरो समर्थनमा नारा लायो भने ।

३.
बरफ जस्तै पग्लिएर पानी पानी हुन मन छ
प्रिया तिम्रा अधरमा जानी जानी छुन मन छ
गुमाएर नियन्त्रण काम क्रोध मोह लोभमा,
प्रेमरसले तिम्रो वदन मनोमानी धुन मन छ ।

४.
पिउने पानी पाइन्न रे उता सारा प्यास यतै मेटौँला
रगत पसिना र जवानी रित्याउन खाडीमा भेटौँला
श्रमको सदुपयोग र उचित मूल्यांकन नहुँदा यहाँ,
स्वयं आफैले आफ्ना सपनाहरूको घाँटी रेटौँला ।

५.
मान्दिन म रितिरिवाज तिमी धर्मका कुरा गर्छौ
बराल्लिएर हिँड्दछु म तिमी कर्मका कुरा गर्छौ
बस्नु कत्ति परिधिभित्र दुई दिनको जिन्दगीमा,
म चाहन्छु स्वच्छन्दता तिमी शर्मका कुरा गर्छौ।

वि.सं.२०८० फागुन २६ शनिवार ०८:१५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...