back
CTIZAN AD

व्यावसायिक खेती गर्न कृषि मजदुरको अभाव

वि.सं.२०८० चैत ६ मंगलवार

999 

shares

चितवन । युवा जनशक्ति विदेश पलायन हुँदा यहाँ कृषि मजदुर पाउनै मुस्किल भएको छ । व्यावसायिक खेती गर्ने मजदुरको अभावमा धेरैले जनशक्ति खपत हुने कृषि कर्म छाड्दै गएका हुन् ।

पहिले पहिले कम पारिश्रमिकमा कृषि मजदुर पाउने भए पनि अहिले पाएका कामदारसमेत चर्काे ज्याला तिर्नुपर्ने बाध्यता छ । भरतपुरको अमृतनगरमा रहेको युवा आधुनिक सामूहिक खेती फार्मका सचिव सुमन सुवेदी अहिले कामदारको खोजीमा नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) हुप्सिकोट गाउँपालिका पुगेको बताउँछन् ।

त्यहाँबाट आएका युवालाई काममा लगाएर खेती गर्ने उनको योजना छ । उनले विगत पाँच वर्षदेखि तरकारीखेती गर्दै आएका छन् । तरकारीखेतीका लागि कामदार नपाएपछि खोज्न हिँड्नु परेको उनले गुनासो गरे । उनले भने, “कामदारको खोजीमा ठाउँठाउँमा पुग्नुपर्ने बाध्यता छ तर पनि लामो समय काम गर्ने कोही पाइँदैन ।”

कृषि क्षेत्रमा काम गर्ने कामदारलाई बस्न र खान दिएर सीप अनुसार रु १२ देखि २० हजार तलब दिने गरिएको उनले बताए । उनले भने, “कामदार नपाउने र आफूले मात्रै गर्न नसक्ने अवस्था आएपछि कृषि कर्ममा लागेका सबै किसान पलायन हुने अवस्था आउन सक्छ ।”

यस्तै अवस्था रहे दुई–तीन वर्षमा सबैका खेतबारी बाँझै रहने उनले बताए । सामूहिक खेतीअन्तर्गत अहिले एक सय ५० बिगाहा क्षेत्रफलमा तरकारीखेती गरिएको भए पनि आवश्यक कामदार नपाउँदा थोरै कामदारले हुने काम मात्रै गर्दै आइएको छ । अहिले धेरै कामदार लाग्ने खेती खुर्सानी, भिन्डी, सिमीजस्ता तरकारी बाली गर्न किसानले छाडिसकेको उनले बताए ।

अहिले कामदार लिन मधेससम्म पुग्नुपरेको उनले गुनासो गरे । उनले भने, “अहिले तरकारीलाई थाँक्रो राख्ने समय भएको छ तर कामदार पाउन सकिँदैन, अब के गर्ने ?” कामदारको खोजीका लागि मात्रै एकजना दौडिनुपर्ने बाध्यता उनको भनाइ छ ।

अमृतनगर क्षेत्रमा हुप्सीकोटका मात्रै एक सयभन्दा बढी कामदार आएर काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका संयोजक लेखनाथ भुसालले जानकारी दिए । उनले भने, “जिल्लामा कामदार पाउनै मुस्किल भयो ।”

एक वर्षभन्दा बढी लामो समय बस्ने कामदारको बीमासमेत गर्ने गरी कामदार ल्याए पनि छ महिनाभन्दा नबस्ने गरेको उनको भनाइ छ । पाँचदेखि २० बिगाहासम्म कृषि गर्ने ५० किसान रहेको जनाउँदै उनले अब यस्तै अवस्था रहे सबै विदेश पलायन हुने स्थिति आउने बताए । उनले भने, “अहिले बारीमा तरकारी टिप्नेसमेत कामदार पाउन मुस्किल भयो, व्यावसायिक किसानले कसरी खेती गर्ने ?”

काम गर्ने मजदुर नपाएपछि प्रविधिको प्रयोग गरेर विषादी छर्ने काम सुरु गर्न लागिएको भरतपुर महानगरपालिका–२५ अमृतनगरका कृषक सुजनबाजु भण्डारीले बताए । उनले भने, “अहिले औषधि छर्नका लागि ड्रोनको प्रयोग गर्ने योजनामा रहेका छौँ ।”

जिल्लामा हाल १० कट्ठाभन्दा धेरै जग्गामा कृषि कर्म गर्ने दुई हजार किसान रहेको अनुमान गरिएको छ । उनीहरु अहिले कामदार पाउन नसक्दा समस्यामा पर्न थालेका छन् । जिल्लामा कामदार नपाउनु र बाहिरबाट आएका कामदारले छोटो समयमा काम छाड्नुले समस्या बढ्दै गएको भण्डारीले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८० चैत ६ मंगलवार १२:४८ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...