back
CTIZAN AD

दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा

वि.सं.२०८० चैत ७ बुधवार

831 

shares

कञ्चनपुर । राष्ट्रिय भूमि आयोगको जिल्ला समिति कञ्चनपुरले हालसम्म दुई सय ६३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्नेसम्बन्धी कार्यविधि, २०७८ बमोजिम जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । आयोगका जिल्ला समिति अध्यक्ष देवेन्द्र ढुङ्गानाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यविधिअनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताए ।

उनका अनुसार दोधारा चाँदनीमा २४, बेदकोटमा ८५, कृष्णपुरमा ६७ र शुक्लाफाँटा नगरपालिकामा ८७ गरी दुई सय ६३ परिवारलाई सम्बन्धित पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण सम्पन्न गरिएको छ । “विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्नेसम्बन्धी कार्यविधि, २०७८ कृष्णपुर नगरपालिका वडा नं ५ का २१ र बेलौरी नपाका २३ गरी ४५ परिवारको जग्गाधनी प्रमाणपुर्जा तयार गरिएको छ”, उनले भने, “पालिकासँगको समन्वयमा छिट्टै पुर्जा वितरण गर्छौँ ।”

बेदकोट नगरपालिका–५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी गरी नौ परिवारको जग्गाधनी प्रमाणपुर्जा तयार भई वितरणको तयारीमा रहेको अध्यक्ष ढुङ्गानाको भनाइ छ । नौवटै स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच तदारुकताका साथ अगाडि बढिरहेको उनले उल्लेख गरे ।

उनका अनुसार बेदकोटमा एक हजार नौ सय २४, कृष्णपुरमा दुई हजार ३० दशमलव ७०, शुक्लाफाँटामा आठ सय १६ दशमलव ३८, दोधारा चाँदनी नगरपालिकामा पाँच सय ५२ हेक्टर जग्गा नापजाँच गरिएको छ । त्यसैगरी बेलौरीमा १२ दशमलव ३६, पुर्नवास नगरपालिकामा एक सय २४ दशमलव ५३, लालझाडी गाउँपालिकामा २१ र बेलडाँडी गाउँपालिकामा एक हजार चार सय १२ दशमलव ६४ हेक्टर क्षेत्रफल जग्गा नापजाँच गरिएको छ ।

नापजाँच गरिएको जग्गाको नक्सा बनाउने काम जारी छ । भूमि आयोगले पटकपटक सार्वजनिक गरेको ३५ दिने लगत सङ्कलनसम्बन्धी सूचनाबमोजिम स्थानीय तहमार्फत लगत सङ्कलन गरी कम्प्युटरमा विवरण प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष ढुङ्गानाको भनाइ छ । हालसम्म भीमदत्त नगरपालिकामा भूमिहीन दलित नौ सय २२, भूमिहीन सुकुम्बासी आठ सय ८७, अव्यवस्थीत बसोवासी छ हजार दुई सय ८३ गरी जम्मा आठ हजार ९२ जना लगतमा समावेश भएका छन् ।

बेदकोट नगरपालिकामा भूमिहीन दलित तीन सय छ, भूमिहीन सुकुम्बासी दुई सय पाँच, अव्यवस्थीत बसोवासी नौ हजार २१ गरी जम्मा नौ हजार पाँचसय ३२, कृष्णपुर नगरपालिकामा भूमिहीन दलित ९९, भूमिहीन सुकुम्बासी एक सय, अव्यवस्थीत बसोवासी १५ हजार नौ सय २६ गरी जम्मा १६ हजार एक सय २५, शुक्लाफाँटा नगरपालिकामा भूमिहीन दलित एक सय ९३ भूमिहीन सुकुम्बासी एक सय ५४ अव्यवस्थीत बसोवासी ११ हजार चार सय ८९ गरी जम्मा ११ हजार आठ सय ३६, दोधारा चाँदनी नगरपालिकामा भूमिहीन दलित एक सय ७६ भूमिहीन सुकुम्बासी दुई सय ६० अव्यवस्थीत बसोवासी तीन हजार पाँच सय ६१ गरी जम्मा तीन हजार नौ सय ९७ जना लगतमा समावेश भएका छन् ।

यसैगरी बेलौरी नगरपालिकामा भूमिहीन दलित एक सय १८ भूमिहीन सुकुम्बासी एक सय ८८, अव्यवस्थित बसोबासी पाँच हजार तीन सय गरी जम्मा पाँच हजार छ सय छ, पुर्नवास नगरपालिकामा भूमिहीन दलित सात सय ७१ भूमिहीन सुकुम्बासी आठ सय ७५ अव्यवस्थीत बसोवासी छ हजार सात सय ६० गरी जम्मा आठ हजार चार सय छ, बेलडाँडी गाउँपालिकामा भूमिहीन दलित एक सय ५७, भूमिहीन सुकुम्बासी एक सय ९५ अव्यवस्थीत बसोवासी चार हजार चार सय तीन गरी जम्मा चार हजार सात सय ५५ जना लगतमा समावेश भएका छन् ।

लालझाडी गाउँपालिकामा भूमिहीन दलित २२ भूमिहीन सुकुम्बासी ९० अव्यवस्थित बसोवासी चार हजार चार सय ६९ गरी जम्मा चार हजार पाँच सय ८१ जना लगतमा समावेश भएका छन् । जग्गासम्बन्धी काम छिटो छरितो रुपमा अगाडि बढाउनका लागि तथ्याङ्क प्रविष्ट गर्ने कम्प्युटर अपरेटरको अभावले काम सुस्त भएको छ । “कम्प्युटर अपरेटरको साउनदेखि तलबनै आएन”, अध्यक्ष ढुङ्गानाले भने, “आयोगलाई पत्र लेख्यौं तर बिना तलब काममा राख्न सकिएन ।”

अहिले भीमदत्त नगरपालिकाबाट जनशक्ति व्यवस्थापन गरेर कार्य भैरहेको उनले बताए । जग्गा नापजाँचका लागि आवश्यक जनशक्ति नभएको उनले उल्लेख गरे । आयोगसमक्ष करिब १० जना जनशक्ति थप्नका लागि आग्रह गरेपनि त्यो पनि पाउन नसकेको उनको भनाइ छ ।

राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ अनुसार जिल्ला समिति कञ्चनपुरले २०७८ फागुन ६ गते पूर्णता प्राप्त गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच अगाडि बढाएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० चैत ७ बुधवार १२:१५ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...