back
CTIZAN AD

सडक सुरक्षामा ध्यान दिन सरकारसँग सांसदहरुको आग्रह

वि.सं.२०८० चैत ७ बुधवार

801 

shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न विशेष परिस्थिति घोषणा गरेर अघि बढ्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसदहरुले सडक सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।

सांसद बिमला घिमिरेले सडक दुर्घटनाका समाचार दिनप्रतिदिन बढ्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाका घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न आग्रह गरे ।

“दिनप्रतिदिन बढ्दो दुर्र्घटनाले हाम्रा सडक कति असुरक्षित छन् भन्ने देखाएको छ । जीर्ण सडक, चालकको लापरबाही, सवारी साधनको बिग्रदो अवस्था, सडकमा सवारीको चाप बढ्नुलगायत कारणबाट दुर्घटना बढिरहेको छ”, उनले भने, “सवारी साधनको परीक्षण, सडकको स्तरोन्नति, चालक तथा सहचालकलाई तालिम दिन आग्रह गर्दछु ।”

सांसद जयन्ती राईले सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग आग्रह गरिन् । सांसद कृष्णबहादुर रोकायले बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मायाप्रसाद शर्माले सडकलाई स्तरोन्नति गरी सुरक्षित यात्राको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

सांसद मोहम्मद खालिदले सडक दुर्घटनाबाट हुने मानवीय क्षति डरलाग्दो भएको उल्लेख गर्दै साँघुरा सडक, सवारी साधनको दूरावस्था, चालकको लापरबाहीलगायत कारणबाट दुर्घटना बढिरहेको बताए ।

सांसद तुलप्रसाद विश्वकर्माले देशव्यापी रुपमा सडक दुर्घटनाका घटना वृद्धि भएको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका उपाय तत्काल अवलम्बन गर्न आग्रह गरे ।

वि.सं.२०८० चैत ७ बुधवार १२:२७ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...